पनौती क्षेत्रको मतदान केन्द्र सार्वजनिक, कहाँ कति मतदाता ? (सूची सहित)

नौलो समाचार संवाददाता
२०७९ बैशाख २०, मंगलबार मा प्रकाशित १३४४ पटक पढिएको
पनौती क्षेत्रको मतदान केन्द्र सार्वजनिक, कहाँ कति मतदाता ? (सूची सहित)

बैशाख २०, काभ्रे। स्थानीय तहको निर्वाचन आउन जम्मा १० दिनको समय रहेको छ। यहि बैशाख ३० गते हुने निर्वाचनका लागि विभिन्न दलका तथा स्वतन्त्र उम्मेवारहरु चुनावी प्रचारप्रसार तथा घरदैलो कार्यक्रममा ब्यस्त रहेका छन्।

पनौती नगरपालिका निर्वाचन अधिकृतको कार्यालयले पनौतीका क्षेत्रका विभिन्न वडाहरुको लागि मतदान केन्द्रको सुची सार्वजनिक गरेको छ।

मतदानका लागि निर्वाचन अधिकृतको कार्यालयले पनौतीका क्षेत्रका विभिन्न वडा कार्यालयहरु र विद्यालयहरुमा मतदान केन्द्र तोकेको छ।

पनौती क्षेत्रमा ४४ वटा मतदान केन्द्र तोकिएको निर्वाचन अधिकृतको कार्यालयले पनौतीले जनाएको छ।

पनौती नगरपालिका वडा नम्बर १ मा ५ वटा मतदान केन्द्र तोकिएको छ। यस्तै, २ नम्बर वडामा ३ वटा मतदान केन्द्र, वडा नम्बर ३ मा ३ वटा, वडा ४ मा ४ वटा, वडा ५ मा ४ वटा, वडा ६ मा २ वटा, वडा ७ मा ५ वटा, वडा ८ मा ४ वटा, वडा ९ मा ४ वटा, वडा १० मा ४ वटा, वडा ११ मा ३ वटा र वडा नम्बर १२ मा ३ वटा मतदान केन्द्र तोकिएको छ।

पनौतीको क्षेत्र वडा नम्बर १ र ७ मा सबैभन्दा धेरै ५ वटा मतदान केन्द्र तोकिएको छ।

पनौती क्षेत्रका सबै वडामा गरी जम्मा ३७ हजार ९६३ जना मतदाता रहेका छन्।

मतदान केन्द्रको सूची :-

प्रतिक्रिया दिनुहोस