रोशी गाउँपालिकाका अध्यक्ष डि.बी लामाद्वारा राजीनामा

नौलो समाचार संवाददाता
२०७९ बैशाख २३, शुक्रबार मा प्रकाशित ५८० पटक पढिएको
रोशी गाउँपालिकाका अध्यक्ष डि.बी लामाद्वारा राजीनामा

बैशाख २३, काभ्रे। रोशी गाउँपालिकाका अध्यक्ष डि.बी लामाले गाउँपालिका अध्यक्ष पदबाट राजिनामा दिनुभएको छ।

आफ्नो पाँच वर्षे कार्यकालको समिक्षा सहित पालिकाका कर्मचारी, जनप्रतिनिधि, स्थानीयबासीको उपस्थितीमा गाउँपालिका अध्यक्ष पदबाट आज राजिनामा दिनुभएको हो।

कार्यक्रमलाई सम्बोधन लामाले वैशाख ११ गते नै नेपाली काँग्रेसबाट राजीनामा दिएको र अब कुनै पनि पार्टीमा नरहने घोषणा समेत गर्नुभएको छ।

लामाले आज गाउँपालिका उपाध्यक्ष लक्ष्मी उप्रेती बतौलालाई राजिनाम बुझाउनुभएको हो।

उहाँ २०७४ को निर्वाचनमा नेपाली काङ्ग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचितहुनुभएको थियो।

गाउँपालिकाको कार्यालयमा बोल्दै यस ५ वर्षको अवधीमा आफूलाई सहयोग गर्ने सम्पूर्ण कर्मचारी, राजनितीक दल तथा स्थानीयलाई धन्यवाद दिदैं अगामी दिनमा पनि यसरी नै साथ सहयोग गर्न आग्रह गर्नुभएको छ।

लामाले आफ्नो कार्यकाल भर गाउँपालिकाको सेवा र जनताको लागि सदैव खटिएको स्मरण गदै अबका दिनमा आफू पदमा नरहे पनि सदैव रोशीका जनताको सेवामा सक्रिय रहने उल्लेख गर्नुभयो।


प्रतिक्रिया दिनुहोस