भोलीदेखि काभ्रे जिल्लाभर मदिरा पिउन र बेच्न प्रतिबन्ध

नौलो समाचार संवाददाता
२०७९ बैशाख २५, आईतबार मा प्रकाशित ४३५ पटक पढिएको
भोलीदेखि काभ्रे जिल्लाभर मदिरा पिउन र बेच्न प्रतिबन्ध

बैशाख २५, काभ्रे। स्थानीय तहको निर्वाचन आउन ५ दिन बाकि रहदा काभ्रे जिल्लाभर मादक पदार्थ पिउन र बेच्न प्रतिबन्ध लगाईएको छ।

जिल्ला प्रशासन कार्यालय काभ्रेद्वारा आज जारी सूचनामा भोलि २६ गतेदेखि मादक पदार्थ पिउन र बेच्न नपाईने उल्लेख गरिएको छ।

निर्वाचनलाई केन्द्रित गरेर जिल्ला भर मदिरा पिउन र बेच्न पूर्णरुपमा निषेध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवारले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

भोलीदेखि बैशाख ३१ गतेसम्म मादक पदार्थ बिक्री वितरण र उपभोगजन्य कार्यलाई पूर्णरूपमा निषेध गरिएको प्रशासन कार्यालयले जनाएको छ।

स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, भयरहित र मर्यादित बनाउन यस्तो निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय काभ्रेद्वारा आज जारी सूचना

प्रतिक्रिया दिनुहोस