पनौतीमा धादलीको सम्भावना, बुथ प्रतिनिधिलाई सचेत रहन कांग्रेसको आग्रह

नौलो समाचार संवाददाता
२०७९ बैशाख २७, मंगलबार मा प्रकाशित ४५८ पटक पढिएको
पनौतीमा धादलीको सम्भावना, बुथ प्रतिनिधिलाई सचेत रहन कांग्रेसको आग्रह

बैशाख २७, काभ्रे। नेपाली काग्रेस पनौतीले आफ्ना बुथ प्रतिनिधिलाई एक दिने प्रशिक्षण दिएको छ। नेपाली काग्रेस पनौतीले आफ्ना बुथ प्रतिनिधिलाई चनाखो रहन आग्रह गर्दै मतदानमा धदली हुन सक्ने तर्फ सचेत गराएको छ।

नेपाली काग्रेस पनौतीले आफ्ना बुथ प्रतिनिधिलाई चनाखो रहन आग्रह गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमाललेका प्रतिनिधिहरुले धदली गर्न सक्ने तर्फ सचेत गराएको छ।

वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनमा पनौती नगरपालिका भित्र रहने ४४ वटा वुथमा खटिने प्रतिनिधिहरुलाई प्रशिक्षण गर्दै काग्रेसले पनौती नगरपालिकाबाट बुथमा खटिने अधिकांश कर्मचारी एमालेको पक्षमा र काग्रेसको विपक्षमा रहेको पनि बताएका छन्।

‘बुथमा खटिने पनौती नगरपालिकाका कर्मचारी मध्य ५३ जना नेकपा एमालेका संगठित सदस्य छन’ पनौती काग्रेसका चुनावी कमाण्डर भोला थापाले भन्नुभयो– उनिहरु सबै काग्रेसको विपक्षमा भएकोले गडबढ गर्न सक्छन सचेत रहनुहोला।

पनौती नगरमा काग्रेस एमालेवीच अत्यन्त कडा प्रतिस्पर्धा रहेको संकेत गर्दै काग्रेसका काभ्रे जिल्ला उपसभापति रमेश हुमागाईले एक भोटको पनि विशेष महत्व राख्ने हुदा बुथ प्रतिनिधिहरुले एमालले हाल्ने फर्जि मतको निगरानी गर्न आग्रह गर्नुभएको थियो।

काग्रेसका बुथ प्रतिनिधिहरुले निश्पक्ष मतदानको विपक्षमा उभिने प्रति कडा रुपमा प्रस्तुत हुन निर्देशन दिदै काग्रेसका पुर्व केन्द्रिय सदस्य शिवप्रसाद हुमागाईले मतदानको क्रममा एमालेले गर्ने धादली विरुद्ध मिठो बोलीमा चट्टानी अडान राख्न समेत आग्रह गर्नुभएको थियो।

काग्रेस पनौतीले एउटा बुथमा दुईजनाको दरले बुथ प्रतिनिधि खटाएको छ ।

 


प्रतिक्रिया दिनुहोस