स्थानिय तह निर्वाचनका लागि मौन अवधी सुरु

नौलो समाचार संवाददाता
२०७९ बैशाख २७, मंगलबार मा प्रकाशित ४५० पटक पढिएको
स्थानिय तह निर्वाचनका लागि मौन अवधी सुरु

बैशाख २७,काभ्रे। स्थानिय तहको २०७९ को निर्वाचनका लागि आज ( अर्थात) मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु भएको छ। मतदान अगाडिको ४८ घण्टा अगाडि लाग्ने भएकाले २७ गते राति १२ बजेबाट मौन अवधी लागु भएको हो।

मौन अवधिमा कुनै पनि माध्यमबाट निर्वाचन प्रचार–प्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने कुनै पनि गतिविधि गर्न पाइँदैन । मौन अवधिमा उम्मेदवार, दलका कार्यकर्ता तथा सम्बन्धित व्यक्तिका सम्बन्धमा निगरानी राख्ने र मतदातालाई प्रभाव पार्ने गतिविधि भएको पाइएमा सुरक्षा निकायले तत्काल नियन्त्रणमा लिने आयोगले जनाएको छ।

मौन अवधिभर निर्वाचन प्रचार प्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी गर्न पाइँदैन। मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान स्थलको ३ सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार प्रसारका सामग्री हटाउनु पर्ने हुन्छ।

कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचार–प्रसार गर्न नपाइने निर्वाचन आचारसंहिता, २०७८ मा उल्लेख छ। यस्तै सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचार प्रसारका सामग्री पोष्ट वा शेयर गर्न-गराउन नपाइने आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस