काभ्रेको ४ ठाउँमा झडपसंगै मतदान स्थगित

नौलो समाचार संवाददाता
२०७९ बैशाख ३०, शुक्रबार मा प्रकाशित २४९६ पटक पढिएको
काभ्रेको ४ ठाउँमा झडपसंगै मतदान स्थगित

बैशाख ३०, काभ्रे। काभ्रेको चार ठाउँमा मतदान स्थगित भएको छ।

काभ्रेमा मतदान कार्यमा कतै विवाद भएको छ भने कतै शान्तिपूर्णरुपमा मतदान भैरहेका छन्। जिल्लाका विभिन्न ठाउँमा झडपसंगै मतपेटिका तोडफोड जस्ता अमर्यादित कार्यहरु भएका छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी चक्र राज जोशीका अनुसार जिल्लाको ४ ठाउँमा मतदान स्थगित हो।

जिल्लाको दुर्गम चौरीदेराली गाउँपालिका वडा नम्बर ६, पाँचखाल नगरपालिकाको वडा १३, तेमाल गाउँपालिकाको वडा नम्बर ७ र ९ मा मतदान स्थगित भएको एसपी जोशीले जानकारी दिनुभयो।

मतदान प्रक्रिया स्थगित भएको स्थानमा सहमति जुटाउने प्रयास भइरहेको प्रहरी प्रमुख जोशीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस