काभ्रेमा ४ वडामा सकियो मतगणना, २ वडामा काँग्रेस, २ वडामा माओवादी बिजयी

नौलो समाचार संवाददाता
२०७९ बैशाख ३१, शनिबार मा प्रकाशित १८६३ पटक पढिएको

काभ्रेमा ४ वडामा सकियो मतगणना, २ वडामा काँग्रेस, २ वडामा माओवादी बिजयी

बैशाख ३१, काभ्रे। काभ्रे विभिन्न पालिकाहरुमा मतगणना जारी रहेको छ।

हालसम्म जिल्लाको ४ वटा पालिकाको ४ वटा वडामा मतगणना कार्य सम्पन्न भएको खबर प्राप्त भएको छ।

धुलिखेल नगरपालिका, भुम्लु गाउँपालिका, महाभारत गाउँपालिका र बेथानचोक गाउँपालिकाका वडा नम्बर-१ का मतगणना सम्पन्न भैसकेको छ।

मतगणना सम्पन्न भएको ४ वटा वडामध्ये २ वटा वडामा नेपाली काँग्रेस र २ वटा वडामा नेकपा माओवादी केन्द्र बिजयी भएको छ।

जिल्लाको धुलिखेल नगरपालिका वडा नं १ र बेथानचोक गाउँपालिका वडा नं १ मा नेपाली काँग्रेस बिजयी भएको छ। त्यस्तै भुम्लु गाउँपालिकाको वडा नं १ र महाभारत गाउँपालिकाको वडा नं १ मा माओवादी केन्द्र बिजयी भएको छ।

धुलिखेल नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका वडा सन्तबहादुर लामा १०६ मत अन्तरले बिजयी हुनु भएको हो। यस्तै, बेथानचोक गाउँपालिका वडा नं १ मा नेपाली काँग्रेस मधुसुदन तिमल्सिना प्यानल सहित अत्याधिक बहुमतले विजयी हुनुभएको छ।

यस्तै, नेकपा माओवादी केन्द्रले गठबन्धनतर्फबाट भुम्लु गाउँपालिकाको वडा नं १ मा लेखनाथ श्रेष्ठ बिजयी हुनुभएको छ। यस्तै, महाभारत गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा नेकपा माओवादी केन्द्रको तर्फबाट कान्छामान जिम्बा (रोहित ) को प्यानल सहित अत्याधिक बहुमतले विजयी भएको छ।


प्रतिक्रिया दिनुहोस