धुलिखेलबाट एमालेले विजयको खाता खोल्यो

नौलो समाचार संवाददाता
२०७९ बैशाख ३१, शनिबार मा प्रकाशित १३७१ पटक पढिएको

धुलिखेलबाट एमालेले विजयको खाता खोल्यो

बैशाख ३१, काभ्रे। धुलिखेलमा नेकपा एमालेले बिजयको सुरुवात गरेको छ।

धुलिखेल वडा नम्बर २ को वडा अध्यक्षमा विजय हासिल गरेसंगै एमालेले बिजयको खाता खोलेको हो।

एमालेका उम्मेदवार अर्जुन न्यौपाने धुलिखेल वडा नम्बर २ को वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ।

उम्मेदवार अर्जुन न्यौपानेसहित एमालेको प्यानल नै बिजयी भएको हो।

हालसम्म काभ्रेमा ५ ठाउको मतपरिणाम आईसकेको छ। जसमा मतगणना सम्पन्न भएको ५ वटा वडामध्ये २ वटा वडामा नेपाली काँग्रेस, २ वटा वडामा नेकपा माओवादी केन्द्र र १ वडामा एकपा एमाले बिजयी भएको छ।






प्रतिक्रिया दिनुहोस


↑