काभ्रेको ४७ वडाको आयो नतिजा, कांग्रेस पछ्याउदै एमाले

नौलो समाचार संवाददाता
२०७९ जेष्ठ २, सोमबार मा प्रकाशित ९२२ पटक पढिएको
काभ्रेको ४७ वडाको आयो नतिजा, कांग्रेस पछ्याउदै एमाले

जेठ २, काभ्रे। बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनको यति बेला मतगणना गर्ने काम जारी रहेको छ।

आज साँझसम्मको मतपरिणाम अनुसार काभ्रेको ४७ वटा वडाको नतिजा अईसकेको छ। काभ्रेमा १ सय ३५ वडा रहेका छन्।

हालसम्मको नतिजा अनुसार कांग्रेसले २० वटा वडा अध्यक्षको सिटमा बाजी मार्दै अग्र स्थानमा रहेको छ। एमालेले १८ वडा वडामा अध्यक्ष पदमा विजयी हुदै कांग्रेसलाई पछ्याईरहेको छ।

नेकपा माओवादी केन्द्रले ८ वटा वडामा अध्यक्ष जितेको छ। एउटा वडा भने स्वतन्त्र उम्मेदवारले जितेका छन्।

कांग्रेसको तर्फबाट पनौतीको वडा नं. १, बनेपाको वडा नं. २ र ३, धुलिखेलको वडा नं १, ४ र ६, मण्डनदेउपुरको २ र ३, भुम्लुको २ र ५, बेथानचोकको १ र ६, चौंरीदेउरालीको १, नमोबुद्धको २ र ३, महाभारतको २ र ३, रोशीको २ र १२, खानीखोलाको २ मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।

यस्तै, एमालेले धुलिखेलको वडा नम्बर २, ३ र ५ , बनेपाको १ ,४ र ५, पनौतीको २ र ३, नमोबुद्धको ४, मण्डनदेउपुरको १ र ४, भुम्लुको ३, ४, ६ र ७, रोशीको १, चौंरीदेउरालीको २, तेमालको १ मा वडा अध्यक्ष जितेको हो।

यसैगरी, नेकपा माओवादी केन्द्रले ८ वटा वडामा अध्यक्ष जितेको छ। माओवादीले भुम्लुको १, खानीखोलाको १ र महाभारतको १, ४, र ५, चौंरीदेउरालीको ३, खानीखोलाको १,३ र ४ मा वडा अध्यक्ष जितेको छ।

नमोबुद्धको वडा नम्बर १ मा स्वतन्त्रबाट प्रेमबहादुर तामाङ वडा अध्यक्षमा विजय हासिल गर्नुभएको छ।

१३ वटा स्थानिय तह मध्ये पाँचखाल नगरपालिकामा मात्र विवादका कारण जेठ ३ गते फेरी मतदान हुदै छ।

प्रतिक्रिया दिनुहोस