भुम्लु-८ मा नेकपा एकीकृत समाजवादीको पहिलो जित

नौलो समाचार संवाददाता
२०७९ जेष्ठ २, सोमबार मा प्रकाशित ९१२ पटक पढिएको
भुम्लु-८ मा नेकपा एकीकृत समाजवादीको पहिलो जित

जेठ २, काभ्रे। नेकपा (एकीकृत समाजवादी) ले भुम्लु गाउँपालिका वडा नम्बर ८ मा जित हासिल गरेको छ।

यो वडामा नेकपा एसका वडाध्यक्ष पदका उम्मेद्ववार मोतिलाल तामाङ ५६२ सहित विजयी हुनुभएको हो। तामाङको दोस्रो कार्यकालका वडाध्यक्षमा विजयी हुनुभएको हो।

एमालेले ४४५ मत प्राप्त गरेको छ। यो वडामा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) को गठबन्धन थियो।

प्रतिक्रिया दिनुहोस