पनौती-४ मा एमालेका दिपकप्रसाद दाहाल सहितको टिम बिजयी

नौलो समाचार संवाददाता
२०७९ जेष्ठ ३, मंगलबार मा प्रकाशित १०९८ पटक पढिएको

पनौती-४ मा एमालेका दिपकप्रसाद दाहाल सहितको टिम बिजयी

जेठ ३, काभ्रे। पनौती वडा नम्बर ४ मा एमालेका उम्मेदवार विजयी भएका छन्।

वडा नम्बर ४ मा नेकपा एमालेका उमेदवार दिपकप्रसाद दाहाल सहितको टिम नै बिजयी भएको हो।

दिपकप्रसाद दाहालले १२४२ मत प्राप्त गरि बिजयी हुनुभएको हो। उहाँले कांग्रेका कुमार हुमागाइलाई ८८ मतान्तरले पराजित गर्नुभएको हो।

कांग्रेका हुमागाइले ११५४ मत प्राप्त गर्नुभएको छ।

यस्तै, नेकपा एकीकृत समाजवादीका इश्वर बन्जाराले १९७ मत पाउनुभयो भने, माओवादीका सुसिला सुवालले १६७, राप्रपाका सुरजमान श्रेष्ठले १८ मत प्राप्त गर्नुभयो।






प्रतिक्रिया दिनुहोस