पाँचखाल–१३ मा स्थगित भएको मतदान सुरु

नौलो समाचार संवाददाता
२०७९ जेष्ठ ३, मंगलबार मा प्रकाशित ११२९ पटक पढिएको
पाँचखाल–१३ मा स्थगित भएको मतदान सुरु

जेठ ३, काभ्रे। गत बैशाख ३० गते स्थगित भएको पाँचखाल वडा नं १३ मा मतदान सुरु भएको छ।

पाँचखाल नगरपालिका वडा नं १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान सुरु भएको हो।

वैशाख ३० गते मतपत्र दिने क्रममा विवाद भएपछि स्थगित भएको निर्वाचन जेठ ३ गते गर्ने गरी निर्णय भएको थियो। २ वटा मतदान केन्द्र रहेको विद्यालयमा १७ सय ७८ मतदाता छन्।

स्थगित चुनाव जिल्ला प्रशासन कार्यालय काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारको नेतृत्वमा प्रमुख कोष नियन्त्रक हेमन्तराज निरौलालाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ।

प्रतिक्रिया दिनुहोस