भुम्लुले पायो नयाँ नेतृत्व, अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का प्रेम बहादुर भुजेल निर्वाचित

नौलो समाचार संवाददाता
२०७९ जेष्ठ ३, मंगलबार मा प्रकाशित ७७२ पटक पढिएको

भुम्लुले पायो नयाँ नेतृत्व, अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का प्रेम बहादुर भुजेल निर्वाचित

जेठ ३, काभ्रे। भुम्लु गाउँपालिकाले नयाँ नेतृत्व पाएको छ।

भुम्लु गाउँपालिकामा मतगणना सम्पन्न भएसंगै गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनले जित हासिल गरेको छ।

भुम्लु गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का प्रेम बहादुर भुजेल र उपाध्यक्षमा नेपाली कांग्रेसका जितेन्द्र मान तामाङ्ग विजयी हुनुभएको छ।

नेकपा (माओवादी केन्द्र) का भुजेलले नेकपा एमालेका प्रेमकुमार लामा (दोङ्ग) लाई १२२४ मतले पराजित गर्नुभएको हो। भुजेलले ५७९२ मत प्राप्त गर्दा प्रतिस्पर्धी लामाले ४५६८ मत प्राप्त गर्नुभएको हो।

यस्तै, गाउँपालिका उपाध्यक्षतर्फ नेपाली कांग्रेसका जितेन्द्र मान तामाङ्गले २०६९ मतले विजयी हुनुभएको छ। तामाङ्गले ६०९८ मत प्राप्त गर्दा  उहाँका प्रतिस्पर्धी नेकपा एमालेका कल्पना कुमारी श्रेष्ठले ४०२९ मत प्राप्त गर्नुभएको छ।

भुम्लु काभ्रेमै मतगणना सक्ने पहिलो पालिका बनेको छ।


प्रतिक्रिया दिनुहोस