जेठ ४, काभ्रे। काभ्रेको खानीखोला गाउँपालिकामा गठबन्धनका उम्मेदवार अध्यक्ष र उपाध्यक्ष पदमा विजयी भएका छन्। अध्यक्षमा (नेकपा माओवादी केन्द्र)का इन्द्रबहादुर थिङ (छिन्ताङ) र उपाध्यक्षमा नेपाली कांग्रेसका दोर्जेमान जिम्बा विजयी हुनुभएको हो।
अध्यक्ष पदमा विजयी थिङले कूल ८१४६ मतमा ४४८५ मत प्राप्त गर्नुभयो। उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का शेखर लामाले ३१५६ मत प्राप्त गर्नुभएको छ।
त्यस्तै उपाध्यक्ष पदमा दोर्जेमान जिम्बाले ४३२८ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी एमालेका रुकमेणी गुरुङले २९८७ मत प्राप्त गर्नुभयो।
खानीखोला गाउँपालिकाको वडा नं १ मा माओवादीका सन्तमान थिङ विजयी हुनुभएको छ भने वडा नं २ मा कांग्रेसका दशरथ लामा, वडा नं ३ मा नेकपा (माओवादी केन्द्र)का सागर लामा, वडा नं ४ मा माओवादीकै निशान मोक्तान, वडा नं ५ मा माओवादीकै बुद्धिबहादुर स्याङ्तान, वडा नं ६ मा कांग्रेसका बृहस्पति घिसिङ, वडा नं ७ मा नेकपा एमालेका रामबहादुर मुक्तान विजयी हुनुभएको छ।
काभ्रेमा हालसम्ममा खानीखोला गाउँपालिका र भुम्लु गाउँपालिका गरी २ वटा पालिकाको सम्पूर्ण मतगणना सम्पन्न भैसकेको छ। यसअघि, भुम्लु गाउँपालिकाको अध्यक्षमा माओवादी र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार बिजयी भएका छन्।





प्रतिक्रिया दिनुहोस