बनेपाको नगर प्रमुखमा कांग्रेसका शाक्य र उप–प्रमुखमा एमालेकी सापकोटा बिजयी

नौलो समाचार संवाददाता
२०७९ जेष्ठ ५, बिहिबार मा प्रकाशित ७५१ पटक पढिएको
बनेपाको नगर प्रमुखमा कांग्रेसका शाक्य र उप–प्रमुखमा एमालेकी सापकोटा बिजयी

जेठ ५, काभ्रे। बनेपा नगरपालिकाको मतगणना कार्य सम्पन्न भएको छ। नगर प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार शान्ति रत्न शाक्य बिजयी हुनुभएको छ ।

शाक्यले १३ हजार ७ सय ९३ मत ल्याएर बिजयी हुनुभएको हो। उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका रत्न कुश रंजितकारले ११ हजार ८ सय ३५ मत प्राप्त गर्नुभएको हो।

उपप्रमुखमा भने नेकपा एमालेकी उम्मेदवार विमला सापकोटा दाहाल विजयीहुनुभएको छ। दाहालले ११ हजार ९ सय ९२ मत ल्याएर विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिद्वन्दी गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका रगुवर चौ प्रधानलाई १४ सय ७७ मतले पराजित गर्नुभएको हो प्रधानले १० हजार ५ सय १५ मत प्राप्त गर्नुभएको छ।

बनेपा नगरपालिकामा नेकपा एमालेले वडा नं १, ४, ५, १०, ११, १२ र १३ मा जितेको छ। यस्तै नेपाली काँग्रेसले वडा नं २, ३, ७, ८, ९ र १४ मा जितेको छ भने नेकपा एकीकृत समाजवादीले वडा नं ६ मा जितेको छ।

प्रतिक्रिया दिनुहोस