मण्डनदेउपुरको प्रमुखमा एकीकृत समाजवादीका वाइबा, उपप्रमुखमा नेपाली कांग्रेसका नेपाल विजयी

नौलो समाचार संवाददाता
२०७९ जेष्ठ ५, बिहिबार मा प्रकाशित ६०२ पटक पढिएको

मण्डनदेउपुरको प्रमुखमा एकीकृत समाजवादीका वाइबा, उपप्रमुखमा नेपाली कांग्रेसका नेपाल विजयी

जेठ ५, काभ्रे। एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाको गृहनगर काभ्रेको मण्डनदेउपुरमा गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन्।

मण्डनदेउपुर नगरपालिकाको प्रमुखमा नेकपा एकीकृत समाजवादीका टोकबहादुर वाइबा विजयी हुनुभएको छ।

नगर प्रमुखमा एकीकृत समाजवादीका वाइबाले ९ हजार ४०६ मत प्राप्त गर्नुभएको छ। उहाँका प्रतिस्पर्धी एमालेका विदुर सापकोटाले भने ८ हजार ३५१ मत ल्याउनुभएको छ।

यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसका विष्णुमणि नेपाल विजयी हुनुभएको छ।

उपप्रमुखमा नेपाली कांग्रेसका नेपालले ११ हजार ३०५ मत ल्याउदा उहाँका निकटम प्रतिस्पर्धी एमालेका सरिता ढकालले ६ हजार ९२४ मत प्राप्त गर्नुभयो।

मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर १,४,५ र ७ मा एमाले विजयी भएको छ। यस्तै २,३, ६,९, १०, ११ र १२ मा नेपाली कांग्रेसले जित हात पारेको छ। यस्तै ८ नम्बरमा भने माओवादी केन्द्रले जितेको छ।


प्रतिक्रिया दिनुहोस