पनौती-१० मा कांग्रेसका उम्मेदवार मोहनबहादुर भण्डारी विजयी

नौलो समाचार संवाददाता
२०७९ जेष्ठ ५, बिहिबार मा प्रकाशित ५१२ पटक पढिएको
पनौती-१० मा कांग्रेसका उम्मेदवार मोहनबहादुर भण्डारी विजयी

जेठ ५, काभ्रे। पनौती वडा नम्बर-१० मा नेपाली कांग्रेसका उम्मेदवार मोहनबहादुर भण्डारी विजयी हुनुभएको छ।

पनौती वडा नम्बर-१० मा नेपाली कांग्रेसका उम्मेदवार मोहनबहादुर भण्डारीसहितको प्यानानै विजयी भएको छ।

निकै कम ७ भोटको मतान्तरले भण्डारी विजयी हुनुभएको हो। भण्डारीले १२०८ मत प्राप्त गर्दा उहाँका निकटम प्रतिस्पर्धी एमालेका उम्मेदवार प्रेमबहादुर लामाले १२०१ मत पाउनुभएको थियो।

मोहनबहादुर भण्डारी यसअघिको कार्यकालमा पनि कांग्रेसका तर्फबाट सोहि वडाको अध्यक्ष रहनुभएको थियो।

यस्तै, महिला वडा सदस्यमा कांग्रेसका सरिता अधिकारी नेपालले १२१० मत पर्प्त गर्नुभएको छ। दलित महिला सदस्यमा मन्जु विकले १२५१ मत पाउनुभएको छ।

यस्तै, वडा सदस्यमा जितबहादुर श्रेष्ठको १४९९ मत र उमेश महतको ११६९ मत रहेको छ।


प्रतिक्रिया दिनुहोस