नमोबुद्ध काँक्रेमा स्कुल बस दुर्घटना

नौलो समाचार संवाददाता
२०७९ जेष्ठ ५, बिहिबार मा प्रकाशित ७७० पटक पढिएको
नमोबुद्ध काँक्रेमा स्कुल बस दुर्घटना

जेठ ५, काभ्रे। नमोबुद्ध नगरपालिका वडा नं-७ स्थित काँक्रेमा स्कुल बस दुर्घटना हुदाँ बस चालक गम्भीर घाईते भएका छन्।

विद्यार्थी पुर्याएर फर्किने क्रममा काँक्रे जानेबाटोको मोडमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ।

बा २ ख ६७४३ नम्बरको बस नबप्रतिभा बोडिङ स्कुलको रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेको सुचना अधिकारी हरि खतिवडाले जानकारी दिनुभयो।

सो घटनामा चालक अर्जुन अधिकारीको अबस्था गम्भीर रहेको र उनलाई उपचारका लागि बनेपा शिर मोमोरियल अस्पताल लागिएको  खतिवडाले जानकारी दिनुभयो।


प्रतिक्रिया दिनुहोस