रोशी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका लामा, उपाध्यक्ष माओवादी केन्द्रका वाइवा विजयी

नौलो समाचार संवाददाता
२०७९ जेष्ठ ५, बिहिबार मा प्रकाशित ६०२ पटक पढिएको
रोशी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका लामा, उपाध्यक्ष माओवादी केन्द्रका वाइवा विजयी

जेठ ५, काभ्रे। काभ्रेको रोशी गाउँपालिकामा गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन्।

रोशी गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार दिनेश लामा विजयी हुनुभएको छ।

यस्तै, उपाध्यक्षमा माओवादी केन्द्रका मिमबहादुर वाइवा (ज्वाला) विजयी हुनुभएको छ।

अध्यक्षमा नेपाली कांग्रेसका उम्मदेवार लामाले ७ हजार ५३४ मत ल्याउनु भएको छ। उहाँका प्रतिस्पर्धी एमालेका देवसागर लामाले ६ हजार ३५८ मत प्राप्त गर्नुभयो।

यस्तै उपाध्यक्षमा माओवादीका वाइवाले ६ हजार ६७२ मत ल्याउदा उहाँका प्रतिस्पर्धी एमालेका बबिता बोहोराले ५ हजार ९४३ मत पाउनुभयो।

काभ्रेको १३ पालिकामध्ये ८ वटा पालिकाको मत गणना कार्य सम्पन्न भएको छ।

जिल्लाको बनेपा नगरपालिका, मण्डनदेउपुर नगरपालिका, नमोबुद्ध नगरपालिका, भुम्लु गाउँपालिका, चौँरीदेउराली गाउँपालिका, तेमाल गाउँपालिका, खानीखोला गाउँपालिका र रोशी गाउँपालिकाको मत गणना कार्य सम्पन्न भएको छ।

जिल्लाको धुलिखेल, पनौती, पाँचखाल नगरपालिका, बेथानचोक गाउँपालिका र महाभारत गाउँपालिका गरी ५ वटा पालिकाको अन्तिम मत परिणाम आउन बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस