एमालेको पकड भएको पनौती नगरमा कांग्रेसको जित

मेयरमा रामशरण भण्डारी, उपमेयरमा गीता बन्जारा निर्वाचित
नौलो समाचार संवाददाता
२०७९ जेष्ठ ६, शुक्रबार मा प्रकाशित ८७९ पटक पढिएको
एमालेको पकड भएको पनौती नगरमा कांग्रेसको जित

जेठ ६, काभ्रे। एमालेको बलियो प्रभाव र पकड भएको काभ्रेको पनौती नगरपालिकामा कांग्रेसले मेयर जितेको छ। एमालेका भिम न्यौपानेलाई पराजित गर्दै कांग्रेसले मेयर जितेको हो। उपमेयर भने एमालेले नै जितेको छ।

मेयरमा १२ वटा वडाको मतगणना सकिंदा कांग्रेसका रामशरण भण्डारीले २ हजार २६७ मतान्तरले भिम न्यौपानेलाई पराजित गर्नुभएको हो।

कुल कसेको मतमा भण्डारीले १४ हजार ५० मत प्राप्त गर्नुभएको छ। न्यौपानेले ११ हजार ७८३ मत पाउनुभयो।

यस्तै, उपमेयरमा गीता बन्जारा नै दोश्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ। बन्जाराले नेकपा एकीकृत समजवादीका छविलाल हुमागाईंलाई १ हजार ९४९ मतले पराजित गर्नुभएको छ।

बन्जाराले १२ हजार ३३७ मत प्राप्त गर्दा हुमागाईंले १० हजार ३३८ मत ल्याउनुभएको छ।

वडातर्फ कांग्रेसले १, ५, ९ र १० गरी चारवटा वडा जितेको छ। एमालेले २, ३, ४, ६, ७, ८ र ११ वडा गरी सातवटा वडा जितेको छ। १२ नम्बर वडा नेकपा एकीकृत समाजवादीले विजय हासिल गरेको छ।

२०७४ सालमा एमालेले मेयर र उपमेयरसहित ६ वटा वडा जितेको थियो। कांग्रेसले पनि ६ वटै वडा जितको थियो। अघिल्लोपटक एमालेले पनौतीको मेयरमा ३ हजार अन्तरले जितेको थियो।

यसपटक धेरै वडा जित्नुको बाबजुद एमालेले पालिका भने गुमाउन पुगेको हो। वडा अध्यक्ष जित्ने तर मेयरमा कांग्रेसलाई भोट आउने अस्वभाविक क्रम यसपटक पनौतीमा देखिएको छ।

मेयर र उपमेरका उम्मेदवारहरु, कसले कति मत पाए ?


प्रतिक्रिया दिनुहोस