बेथानचोकको अध्यक्षमा काँग्रेसका भगवान र उपाध्यक्षमा माओवादीका तारा बिजयी

नौलो समाचार संवाददाता
२०७९ जेष्ठ ६, शुक्रबार मा प्रकाशित ७२८ पटक पढिएको
बेथानचोकको अध्यक्षमा काँग्रेसका भगवान र उपाध्यक्षमा माओवादीका तारा बिजयी

जेठ ६, काभ्रे। बेथानचोक गाउँपालिकामा अध्यक्षमा नेपाली कांग्रेसका भगवान अधिकारी विजयी हुनुभएको छ।

गठबन्धनबाट काँग्रेसका उम्मेदवार भगवान अधिकारी र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार तारा राणा तिमल्सिना बिजयी हुनुभएको हो।

काँग्रेसका अधिकारीले उहाँका निकटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कमल प्रसाद तिमल्सिनालाई २ हजार ८५९ मतान्तरले पराजित गर्नुभएको हो। अधिकारीले ६ हजार १९ मत प्राप्त गर्दा तिमल्सिनाले ३ हजार १६० मत ल्याउनुभएको छ।

त्यस्तै गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मदेवार तारा राणा तिमल्सिनाले नकेपा एमालेका उम्मेदवार सरला लामिछाने केसीलाई ९२५ मतले पराजित गर्नुभएको छ। माओवादी केन्द्रकी उम्मेदवार तिमल्सिनाले ४ हजार ४९८ मत पाउनु भएको छ भने नेकपा एमालेकी उम्मेदवार केसीले ३ हजार ५७३ मत प्राप्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस