सरकारले पेट्रोलदेखि सबै इन्धनको मूल्य बढायो, खाना पकाउने ग्यासमा २ सय बढ्यो

नौलो समाचार संवाददाता
२०७९ जेष्ठ ८, आईतबार मा प्रकाशित ४९३ पटक पढिएको
सरकारले पेट्रोलदेखि सबै इन्धनको मूल्य बढायो, खाना पकाउने ग्यासमा २ सय बढ्यो

जेठ ८, काठमाडौं। सरकारले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने एलपी ग्यास र हवाइ इन्धनको मूल्य बढाएको छ।

आइतबार राति १२ बजेबाट लागू हुने गरी सरकारले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धन (आन्तरिक) लिटरमा १० रूपैयाँ र ग्यासमा प्रतिसिलिन्डर दुई सय रूपैयाँ बढाएको हो।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसँगै प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएको भन्दै नेपाल आयल निगमले मूल्य बढाएको हो। यसअघि वैशाख ३१ गते मात्र सरकारले पेट्रोल र डिजेल लिटरमा १० रूपैयाँ बढाएको थियो।

नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १८० रूपैयाँ, डिजेल र मट्टितेल १६३ रूपैयाँ लिटर पर्नेछ।

त्यस्तै एलपी ग्यासको मूल्य १८०० रूपैयाँ पर्नेछ।

हवाइ इन्धन (आन्तरिक) को भाउ लिटरको १६६ रूपैयाँ पुगेको छ।


प्रतिक्रिया दिनुहोस