पाँचखालकाे मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार विजयी

नौलो समाचार संवाददाता
२०७९ जेष्ठ ९, सोमबार मा प्रकाशित ६७० पटक पढिएको
पाँचखालकाे मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार विजयी

जेठ ९ , काभ्रे। काभ्रेको पाँचखाल नगरपालिकामा न‍ेपाली कांग्रेस विजयी भएको छ।

कांग्रेसका महेश खरेल १२ हजार ८३६ मतसहित विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी एमालेका कञ्चन अधिकारीले ८ हजार ११५ मत प्राप्त गर्नुभयो।

उपमेयरमा भने एमालेबाट सूर्यकुमारी दनुवार विजयी हुनुभएको छ। उहाँले ९ हजार ५३४ मत प्राप्त गर्नुभयो। उहाँका निकटम प्रतिस्पर्धी माओवादी केन्द्रका चेतप्रसाद गौतमले ९ हजार १० मत प्राप्त गर्नुभयो।

पाँचखालमा यसअघि कांग्रेसले नै जित हात पारेकाे थियाे। यहाँकाे उपप्रमुख भने कांग्रेसले गुमाएकाे छ।

पाँचखालमा यो पटक बहुमत सदस्य नेपाली कांग्रेसले जितेको छ। २०७४ सालको निर्वाचनमा कांग्रेस अल्पमतमा थियो। पाँचखालको १३ वडा मध्य ८ वटामा नेपाली कांग्रेस, ३ वटामा एमाले, १ वडामा नेकपा (एकीकृत समाजवादी) र १ वडामा माओवादी केन्द्रले विजयी हासिल गरेको छ।

नगरमा रहेको वडाहरु मध्य वडा नं २,३,४,७,८,११,१२ र १३ गरी ८ वटा वडामा नेपाली काँगे्रसले जित्न सफल भएको छ भने नेकपा एमालेले ३ वटा वडामा जित हासिल गरेको छ जसमा वडा नं ५,९ र १० रहेको छ । नेकपा माओवादीले १ वडा र एकिकृत समाजवादीले १ वडामा निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस