काभ्रेमा ७ प्रमुख र ६ उप-प्रमुखसहित कांग्रेस पहिलो, एमाले तेस्रो

नौलो समाचार संवाददाता
२०७९ जेष्ठ १०, मंगलबार मा प्रकाशित १९६५ पटक पढिएको
काभ्रेमा ७ प्रमुख र ६ उप-प्रमुखसहित कांग्रेस पहिलो, एमाले तेस्रो

जेठ १०, काभ्रे। काभ्रेको सबै १३ स्थानीय तहको मत गणना कार्य सम्पन्न भएको छ।

बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनको मत परिणाम अनुसार काभ्रे जिल्लामा नेपाली कांग्रेस प्रमुख दलको रुपमा स्थापित भएको छ। २०७९ सालको स्थानिय तहको निर्वाचनमा काभेमा नेपाली काग्रेसले ७ वटा पालिका प्रमुख छ भने ६ वटा उप-प्रमुख र ६१ वडा अध्यक्ष सहित जितेर काभ्रेमा पहिलो पार्टी भएको छ।

१३ स्थानीय तहका प्रमुख उप-प्रमुख तथा अध्यक्ष उपाध्यक्ष २६ मध्ये १३ पदमा कांग्रेसले जित हात पार्दै काभ्रेमा पहिलो दल बनेको छ। काभ्रेका १३५ वडामध्ये ६० वडामा कांग्रेसले वडा अध्यक्ष जितेको छ।

त्यस्तै माओवादी केन्द्रले उप-प्रमुख तथा अध्यक्ष/उपाध्यक्ष गरी ८ वटा पदमा विजयी हुुँदै दोश्रो भएको छ।

यसैगरी, एमाले १ पालिका प्रमुख सहित ३ वटा उप-प्रमुख सहित ४३ वटा वडा अध्यक्ष जितेर काभ्रेमा तेस्रो पार्टी बनेको छ।

काँग्रेसले पनौती, बनेपा, नमोबुद्ध, पाँचखाल, रोशी, तेमाल र बेथानचोक गाउँपालिका सहित १३ पालिकाको प्रमुखमा विजय प्राप्त गरेको हो।यस्तै, धुलिखेल र मण्डनदेउपुर नगरपालिकामा उपप्रमुखका साथै भुम्लु, खानीखोला, चौरीदेउराली र महाभारत गाउँपालिकामा उपाध्यक्ष पदमा जित निकालेको छ। त्यस्तै काभ्रेका १३५ वडामध्ये ६० वडामा कांग्रेसले वडा अध्यक्ष जितेको छ।

त्यस्तै माओवादी केन्द्रले उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष गरी ८ वटा पदमा विजयी हुुँदै दोश्रो भएको छ। माओवादीबाट चौरीदेउराली, महाभारत, खानीखोला र भुम्लु गाउँपालिका अध्यक्ष, नमोबुद्ध नगरपालिकाको उपप्रमुखका साथै रोशी, तेमाल र बेथानचोक गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भएको छ। माओवादीले २५ वडामा वडा अध्यक्षमा विजयी भएको छ।

त्यस्तै २०७४ मा पहिलो भएको एमाले तेश्रोमा झरको छ। एमालेले १ प्रमुख सहित ३ उपप्रमुख जितेको छ। एमालेले धुलिखेल नगरपालिकाको प्रमुख, बनेपा, पनौती र पाँचखाल नगर उपप्रमुख पदमा खुम्चिएको छ। एमालेले काभ्रेका ४३ वडामा जित हात पारेको छ।

त्यस्तै एकिकृत समाजवादीले मण्डनदेउपुर नगरको प्रमुखमा विजयी भएको छ भने ४ वडामा वडा अध्यक्ष जितेको छ। काभ्रेका २ वडामा स्वतन्त्र र १ वडामा राप्रपाका उम्मेदवार विजयी भएको छन्। स्वतन्त्रबाट जित्नेमा नमोबुद्ध नगरपालिका १ र बेथानचोक गाउँपालिका छन् भने राप्रपाबाट धुलिखेल ७ मा वडा अध्यक्ष जितेका छन्।

काभ्रेमा कुन पालिका कसले जित्यो ?

१) पनौती नगरपालिका
प्रमुख
रामशरण भण्डारी, (निर्वाचित) -नेपाली कांग्रेस, १४०५०
भीम न्यौपाने, (पराजित) – नेपाल कम्युनिष्ट पार्टी (एमाले), ११७८३
उपप्रमुख
गीता बन्जारा, (निर्वाचित) – नेपाल कम्युनिष्ट पार्टी (एमाले), १२३३७
छवीलाल हुमागाई, (पराजित) – नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी), १०३८८

२) बनेपा नगरपालिका
प्रमुख
शान्ति रत्न शाक्य (निर्वाचित) – नेपाली कांग्रेस, १३७९३
रत्नकुश रंजितकार (पराजित) – नेपाल कम्युनिष्ट पार्टी (एमाले), ११८३५
उपप्रमुख
विमला सापकोटा दाहाल (निर्वाचित) -नेपाल कम्युनिष्ट पार्टी (एमाले), ११९९२
रगुबर चौ प्रधान (पराजित) – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), १०५१५खानीखोला,

३) धुलिखेल नगरपालिका
प्रमुख
अशोक कुमार ब्याञ्जु श्रेष्ठ (निर्वाचित) -नेपाल कम्युनिष्ट पार्टी (एमाले), ८३५१
विदुरबहादुर बस्नेत (पराजित) -स्वतन्त्र, ७४११
उपप्रमुख
निराजन जंगम (निर्वाचित) – नेपाली कांग्रेस, ७९३८
लालतारा अधिकारी, (पराजित) -नेपाल कम्युनिष्ट पार्टी (एमाले), ७७९१

४) पाँचखाल नगरपालिका
प्रमुख
महेश खरेल (निर्वाचित) – नेपाली कांग्रेस, १२८३६
कंचन अधिकारी (पराजित) – नेपाल कम्युनिष्ट पार्टी (एमाले), ८११५
उपप्रमुख

सूर्यमाया दनुवार (निर्वाचित) – नेपाल कम्युनिष्ट पार्टी (एमाले), ९५३४
चेतप्रसाद गौतम (पराजित) – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), ९०१०

५) नमोबुद्ध नगरपालिका
प्रमुख
कुनसाङ लामा (निर्वाचित) – नेपाली कांग्रेस, ११२११
राजन भुर्तेल (पराजित) – नेपाल कम्युनिष्ट पार्टी (एमाले), ५८२२
उपप्रमुख
रत्नबहादुर लामा (निर्वाचित) – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), ८१८७
सम्झना लामा (पराजित) – नेपाल कम्युनिष्ट पार्टी (एमाले), ६५४३

६) मण्डनदेउपुर नगरपालिका
प्रमुख
टोकबहादुर तामाङ (निर्वाचित) – नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी), ९४०६
बिदुरप्रसाद सापकोटा (पराजित) – नेपाल कम्युनिष्ट पार्टी (एमाले), ८३५१
उपप्रमुख
विष्णुमणी नेपाल (निर्वाचित) – नेपाली कांग्रेस, ११३०५
सरिता ढकाल (पराजित) – नेपाल कम्युनिष्ट पार्टी (एमाले),६९२४

७) खानीखोला गाउँपालिका

अध्यक्ष
ईन्द्रबहादुर थिङ, (निर्वाचित) – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र),४४८५
शेखर लामा (पराजित) – नेपाल कम्युनिष्ट पार्टी (एमाले), ३१५६
उपाध्यक्ष
दोर्जेमान जिम्वा (निर्वाचित) – नेपाली कांग्रेस, ४३२८
रुकमेणी गुरुङ, (पराजित) – नेपाल कम्युनिष्ट पार्टी (एमाले),२९८७

८) चौरी देउराली गाउँपालिका

अध्यक्ष
रेणुका चौलागाईं, (निर्वाचित) – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), ६२२८
जितराम लामा, (पराजित) – नेपाल कम्युनिष्ट पार्टी (एमाले), ५४६३
उपाध्यक्ष
शेरबहादुर लामा (तामाङ), (निर्वाचित) – नेपाली कांग्रेस, ७२१९
बविता खरेल (गौतम) (पराजित) – नेपाल कम्युनिष्ट पार्टी (एमाले), ३५४९

९) तेमाल गाउँपालिका,

अध्यक्ष
चन्द्रबहादुर तामाङ, (निर्वाचित) – नेपाली कांग्रेस, ७०७७
इन्द्रबहादुर तामाङ (पराजित) – नेपाल कम्युनिष्ट पार्टी (एमाले), ५८७०
उपाध्यक्ष
दलमान थोकर (निर्वाचित) – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), ६५५१
सम्तेन थिङ (पराजित) – नेपाल कम्युनिष्ट पार्टी (एमाले), ४९५२

१०) भुम्लु गाउँपालिका
अध्यक्ष
प्रेमबहादुर भुजेल (निर्वाचित) – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), ५७९२
प्रेमकुमार लामा (दोङ) (पराजित) – नेपाल कम्युनिष्ट पार्टी (एमाले), ४५६८
उपाध्यक्ष 
जितेन्द्रमान तामाङ, (निर्वाचित) – नेपाली कांग्रेस, ६०९८
कल्पनाकुमारी श्रेष्ठ (पराजित) – नेपाल कम्युनिष्ट पार्टी (एमाले), ४०२९

११) बेथानचोक गाउँपालिका
अध्यक्ष 
भगवान अधिकारी (निर्वाचित)- नेपाली कांग्रेस, ६०१९
कमलप्रसाद तिमल्सिना (पराजित)- नेपाल कम्युनिष्ट पार्टी (एमाले), ३१६०
उपाध्यक्ष
तारा राना तिमल्सिना (निर्वाचित) – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), ४४९८
सरला लामिछाने (केसी) (पराजित)- नेपाल कम्युनिष्ट पार्टी (एमाले), ३५७३

१२) रोशी गाउँपालिका
अध्यक्ष
दिनेश लामा , (निर्वाचित) – नेपाली कांग्रेस, ७५३४
देव सागर लामा (पराजित) – नेपाल कम्युनिष्ट पार्टी (एमाले), ६३५८
उपाध्यक्ष
मिमबहादुर वाईवा, (निर्वाचित) – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), ६६७२
बबिता बोहरा (क्षेत्री), (पराजित) – नेपाल कम्युनिष्ट पार्टी (एमाले), ५९४३

१३) महाभारत गाउँपालिका
अध्यक्ष
कान्छालाल जिम्वा, (निर्वाचित) – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र),४८९१
पूर्णबहादुर वाइवा, (पराजित) – नेपाल कम्युनिष्ट पार्टी (एमाले), ३१९५
उपाध्यक्ष
सागर मोक्तान, (निर्वाचित) – नेपाली कांग्रेस, ४१६९
शान्ति तितुङ राना मगर, (पराजित) – नेपाल कम्युनिष्ट पार्टी (एमाले), १५३०

प्रतिक्रिया दिनुहोस