जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहीन, खोज्न हेलिकप्टर पठाइयो

नौलो समाचार संवाददाता
२०७९ जेष्ठ १५, आईतबार मा प्रकाशित ८९८ पटक पढिएको

जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहीन, खोज्न हेलिकप्टर पठाइयो

जेठ १५, काठमाडौँ। पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको छ ।

१९ यात्रु र चालक दलका ३ सदस्यसहित २२ जना सहित बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले पुष्टि पुष्टि गर्नुभएको हो।

जहाजमा विदेशी २, भारतीय ४ र १३ जना नेपाली यात्रु थिए ।

अहिले पोखरा विमानस्थलले खोजीका लागि हेलिकप्टर पठाइएको छ । पोखराबाट दुईवटा हेलिकप्टर पठाइएको तारा एयर सूचना अधिकारी सुदर्शन गड्तौलाले जानकारी दिनुभयो। विमान पाइलट गौरव घिमिरे र उत्सव पोखरेल उडाएका उडाउनु भएको थियो।

विमानमा सवार यात्रुहरु:

 






प्रतिक्रिया दिनुहोस