तारा एयरको विमान मुस्ताङको लेतेमा ठोक्किएको अनुमान, खोजी जारी

विमान खोज्न गएको हेलिकप्टर खराब मौसमका कारण फर्कियो
नौलो समाचार संवाददाता
२०७९ जेष्ठ १५, आईतबार मा प्रकाशित ५०५ पटक पढिएको
तारा एयरको विमान मुस्ताङको लेतेमा ठोक्किएको अनुमान, खोजी जारी

जेठ १५, पोखरा। पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको (9-N-AIT) कल साइनको ट्विनअटर विमान मुस्ताङ क्षेत्रमै दुर्घटना भएको अनुमान बताईएको छ।

१३ नेपाली, ४ जना भारतीय जना र अन्य २ विदेशी नागरिक सवार विमानमा चालक दलका सदस्यसहित २२ जना सवार विमान मुस्ताङको लेतेमा ठोक्किएको हो।

आइतबार बिहान ९ः५५ बजे उडेको जहाज सम्पर्कविहीन भएको विमान मुस्ताङको लेतेमा ठोक्किएको जानकारी आएको पोखरा विमानस्थल स्रोतले जनाएको छ।

आहिलेसम्म सम्पर्कविहीन जहाजको खोजीकार्य जारी रहेको तारा एयरका प्रवक्ता सुर्दशन बर्तौलाले जानकारी दिनुभयो।

विमानमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को-पाइलट इतासाप पोखरेल र एयर होस्टेज कास्मी थापा थिए। घटनाको विस्तृत जानकारीका लागि सुरक्षाकर्मी र स्थानीय सक्रियतापूर्वक लागिपरेको बताइएको छ।

विमान खोज्न गएको हेलिकप्टर खराब मौसमका कारण फर्कियो

जहाज सम्पर्कविहीन भएपछि खोजीमा गएको हेलिकप्टर मुस्ताङ फर्किएको छ।

फिस्टेल एयरको हेलिकप्टर जहाज खोजीका लागि पठाइएकोमा मौसम खराब भएकोले मुस्ताङ नै फर्किएको नेपाल नागरिक उड्डयन प्राधिकरणले विज्ञप्ति जारी गरेर बताएको छ।

मौसम सफा भएपछि फेरि हेलिकप्टर सम्पर्कविहीन जहाज खोजीमा जाने उल्लेख गरेको छ। हिँडेर नेपाली सेना र नेपाल प्रहरी जोमसोमको टावरसँग नजिक घोडेपानी भन्ने स्थानतर्फ खटिएको बताएको छ।


प्रतिक्रिया दिनुहोस