सरकारले किसानलाई पेन्सन दिने, उद्योग चलाउन ५० वर्षसम्म भाडामा जग्गा

नौलो समाचार संवाददाता
२०७९ जेष्ठ १५, आईतबार मा प्रकाशित १०४० पटक पढिएको
सरकारले किसानलाई पेन्सन दिने, उद्योग चलाउन ५० वर्षसम्म भाडामा जग्गा

जेठ १५, काठमाडौं। सरकारले किसानलाई पेन्सनको व्यवस्था गर्ने भएको छ।

संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक अर्थमन्त्री जनार्दन शर्माले बजेटमा किसानलाई पेन्सन दिने योजना अघि सार्नु भएको हो।

किसानलाई आत्मसम्मानका लागि पेन्सन योजना अगाडि सारेको बताउँदै किसान हितकोष स्थापना गर्ने र त्यसका लागि बीउ पुँजीमार्फत १ अर्ब विनियोजन गरेको समेत उहाँले बताउनुभयो।

उद्योग सञ्चालनका लागि ५० वर्षसम्म जग्गा भाडामा दिइने

सरकारले आगामी वर्षदेखि उद्योगीलाई उद्योग सञ्चालनका लागि ५० वर्षसम्म जग्गा भाडामा दिइने व्यवस्था लागू गर्ने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले उद्योगीलाई उद्योग सञ्चालनको लागि ५० वर्षसम्म जग्गा भाडामा दिने व्यवस्था मिलाउने लागेको बताउनुभएको हो।


प्रतिक्रिया दिनुहोस