कबड्डी-४ अभिनेत्री मिरुना मगर र फुर्पा तामाङविच सहमति

नौलो समाचार संवाददाता
२०७९ जेष्ठ १७, मंगलबार मा प्रकाशित १००० पटक पढिएको
कबड्डी-४ अभिनेत्री मिरुना मगर र फुर्पा तामाङविच सहमति

जेठ १७, काभ्रे। अभिनेत्री मिरुना मगर र फुर्पा तामाङविच सहमति भएको छ।

मुगु स्थायी घर भएका फुर्पा तामाङले आफुले गल्ति गरेको स्वीकार गरी अभिनेत्री मगर समक्ष माफी मागेका छन्।

अभिनेत्री मिरुना मगरले पनि भाइ सम्झेर माफ गरेको बताएकी छिन।

मंगलबार दुई पक्षबीच भएको भेटघाटमा फु्र्पाले माफी मागेको जारी विज्ञप्तिमा उल्लेख छ।

‘मिति २०७९ जेठ १५ गते सिभिल मलको क्युएफएक्स हलमा पुगेकी अभिनेत्री मिरुना मगरमाथि भएको अभद्र व्यवहारसम्बन्धी घटनामा मुगु स्थायी घर भएका फुर्पा तामाङले गल्ती स्वीकार गरी अभिनेत्री मगर समऊ माफी मागेको र अभिनेत्री मगरले पनि भाइ सम्झेर माफ गरेकी छन्,’ विज्ञप्तिमा भनिएको छ।

साथै अभिनेत्री मगरले कुनै जाती, धर्म, सम्प्रदायप्रति असर पुग्ने आसयले कुनै कार्य नगरेको भएपनि उक्त परिस्थितिमा आकस्मिक प्रतिक्रिया जनाउने क्रममा घटित हुन गएको घटनाबाट सिंगो बौद्ध धर्मावलम्बी, भिक्षु, लामा समुदाय तथा सम्प्रदायप्रति पर्न गएको असरप्रति क्षमा याचना गरेकी छिन्।

चलचित्र कबड्डी-४ को प्रदर्शनका क्रममा अभिनेत्री मिरुना मगरले आफु माथि फुर्पा तामाङले भिडभाडामा अभद्र व्यवहार गरेको भन्दै प्रहरी समक्ष बुझाई दिएकी थिईन।

सो घटनापछी सामाजिक संजालमा अभिनेत्री मगर विरुद्ध चर्को आलोचना भएको थियो।

घटना लगत्तै चावहिलमा रहेको केएल टावरमा अभिनेत्री विरुद्ध प्रदर्शन भएपछि त्यहाँ रहेको हलमा कबड्डी-४ को प्रदर्शन नै रोक्नु परेको थियो।

सहमति पत्र :

प्रतिक्रिया दिनुहोस