काभ्रेका कुन पालिकालाई कति बजेट ?

नौलो समाचार संवाददाता
२०७९ जेष्ठ १८, बुधबार मा प्रकाशित १५४७ पटक पढिएको
काभ्रेका कुन पालिकालाई कति बजेट ?

जेठ १८, काभ्रे।  काभ्रे जिल्लाको १३ वटा स्थानीय तहलाई संघीय सरकारले बजेट विनियोजन गरेको छ। जिल्लाका ६ वटा नगरपालिका र ७ गाउँपालिकालाई केन्द्र सरकारले आर्थिक वर्ष २०७९/८० का लागि बजेट बाँडफाँट गरेको हो।

नगरपालिका मध्ये बनेपा नगरपालिकाले सबै भन्दा धेरै बजेट पाएको छ। संघीय सरकारले बनेपालाई ५० करोड ६९ लाख छुट्याएको छ। सबैभन्दा कम पाँचखाल नगरपालिकाले ३८ करोड १८ लाख रूपैयाँ प्राप्त गरेको छ।

धुलिखेल नगरपालिकाले ४७ करोड १२ लाख, नमोबुद्ध नगरपालिका ३९ करोड, २८ लाख, पनौती नगरपालिका ४५ करोड ७० लाख, मण्डनदेउपुर नगरपालिका ४२ करोड ९९ लाख रूपैयाँ बजेट प्राप्त गरेका छन्।

यस्तै, काभ्रेका ७ वटा गाउँपालिका मध्ये सबैभन्दा बढी बजेट रोशी गाउँपालिकाले ४१ करोड ८७ लाख पाएको छ। सबै भन्दा कम खानिखोला गाउँपालिकाले २६ करोड १६ लाख प्राप्त गरेको छ।

चौरीदेउराली गाउँपालिका ३४ करोड ९२ लाख, तेमाल गाउँपालिका ३१ करोड ९२ लाख बजेट पाएको छ ।

महाभारत गाउँपालिकाले २८ करोड ३६ लाख, बेथान्चोक गाउँपालिकाले २६ करोड ७० लाख र भुम्लु गाउँपालिका २९ करोड ८८ लाख रूपैयाँ बजेट प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस