भुम्लुमा अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

नौलो समाचार संवाददाता
२०७९ जेष्ठ २०, शुक्रबार मा प्रकाशित ७७० पटक पढिएको

भुम्लुमा अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

जेठ २०, काभ्रे। भुम्लु गाउँपालिकामा स्थानीय तह स्तरीयअन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ।

यहि जेठ १७ गतेदेखि भुम्लु गाउँपालिकामा सुरु भएको दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको हो। भुम्लु गाउँपालिकाका उपाध्यक्ष जितेन्द्रमान तामाङ (दावा)को प्रमुख आतिथ्यतामा प्रतियोगिता सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथी तामाङले विजयी समूह तथा खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा तामाङले पदक तथा मेडल प्रदान गरेका थिए भने भुम्लुका निवर्तमान उप प्रमुख कल्पना श्रेष्ठले टिका तथा भुम्लुका प्रमुख प्रशाशकीय अधिकृत ढाकाराम अर्यालले खेलाडीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो।

खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै उपाध्यक्ष तामाङले भुम्लुमा खेल निरन्तर अगाडी बढाउने बताउनुभयो। तामाङले पालिकाको खेलकुद क्षेत्रको विकासमा आफ्नो सदैव साथ र सहयोग रहने बताउनुभयो। उहाँले भोलिका दिनमा भुम्लुमा खेलक्षेत्रको उल्लेख्य विकास हुने र यहाँबाट राष्ट्रिय स्तरका खेलाडी तयार हुनेमा आफू प्रतिबद्ध रहने बताउनुभयो।

प्रतियोगितामा प्रकाश मावि ९ स्वर्ण सहित प्रथम हुन सफल भए। यस्तै अरुणोदय मावि ७ स्वर्ण दोस्रो तथा सेतीदेवी मावि भुम्लु १, रिठ्ठे ३ स्वर्ण सहित तेस्रो भए।

पालिकाका विद्यालय स्तरीय खेलकुद प्रतियोगितामा पालिकाका १३ विद्यालयका ३ सय २० विद्यार्थी सहभागी थिए। भुम्लु गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सम्पन्न भएको हो। प्रतियोगितामा भलिबल, कबड्डी, हाइ जम्प, लंग जम्प, ज्याब्लीङ थ्रो, दौड लगायतका खेलहरु समावेश गरिएको थियो ।

शिक्षा, यूवा तथा शाखा प्रमुख प्रेमकुमार पुरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा पालिकाका वडाध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो।


प्रतिक्रिया दिनुहोस