केयूकाे २७औँ दिक्षान्त समाराेहमा १ हजार ७१२ विद्यार्थी दीक्षित, प्रधानमन्त्री देउवाद्वारा सम्बोधन

नौलो समाचार संवाददाता
२०७९ जेष्ठ २०, शुक्रबार मा प्रकाशित ७५९ पटक पढिएको
केयूकाे २७औँ दिक्षान्त समाराेहमा १ हजार ७१२ विद्यार्थी दीक्षित, प्रधानमन्त्री देउवाद्वारा सम्बोधन

जेठ २०, काभ्रे।  काभ्रेको धुलिखेलमा अवस्थित काठमाडौं विश्वविद्यालयको २७ औँ दीक्षान्त समारोह (दोस्रो चरण)मा विभिन्न संकायका गरी १ हजार ७१२ जना विद्यार्थी दीक्षित भएका छन्। आज (शुक्रबार) विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने स्वदेशी र विदेशी विद्यार्थी दीक्षित भएका हुन्।

प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाको अध्यक्षता र आइ. आइ. टि हैदराबादका निर्देशक बि. एस्. मुर्तीेको प्रमुख आतिथ्यतामा दीक्षान्त समारोह सम्पन्न भएको हो।

कार्यक्रममा कला, शिक्षा, इन्जिनियरिङ, व्यवस्थापन, विज्ञान र चिकित्सा विज्ञान विधाका गरी ११ जना पीएचडी तथा एमफिल ४३ सहित स्नातक र स्नातकोत्तर तहका विद्यार्थी दीक्षित भएका हुन्। उक्त दीक्षान्त समारोहमा पुरुष १ हजार ३२ र महिला ६८० जना दीक्षित भएका हुन्। दीक्षित हुने विदेशी विद्यार्थीहरुमा भारत, श्रीलंका, माल्दिभ्स, अमेरिका, अष्ट्रेलिया, चीन, बङ्गलादेश, नेदरल्यान्ड र जर्मनी गरी ९ देशका १५७ विद्यार्थी दीक्षित भएका छन्।

दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा कुलपति देउवाले खनिज पदार्थको पहिचान गरी विशेषज्ञता हासिल गरी देश विकासमा टेवा पुर्‍याएका धन्यवाद व्यक्त गर्नुभयो। खनिज पदार्थको पहिचान गरी ग्रीन हाइड्रोजन उत्पादन व्यवस्थापन गर्नु आजको आवश्यता हो त्यसमा विश्वविद्यालयले दक्ष प्राविधिकको उत्पादन गरेकोमा खुसी व्यक्त गर्नुभयो। स्वदेशभित्रै युग अनुसारको शिक्षा प्रदान गर्ने विश्वविद्यालयको उहाँले बताउनुभयो। उहाँले विश्वविद्यालयले विभिन्न देशका विश्वविद्यालयहरूसँग सहकार्य गर्दै अगाडि बढेको पनि बताउनुभयो।

विश्वविद्यालयमा हालसम्म ३८ हजार ३३६ उत्तीर्ण तथा दीक्षित भएको विश्वविद्यालयले थापाले जनाएको छ। कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति देवेन्द्र पौडेलसहित विभिन्न शिक्षासेवीहरूको उपस्थिती रहेको थियाे ।

प्रतिक्रिया दिनुहोस