विद्यार्थी ८ सय, दरबन्दी २१, पनौतीकै नमुना विद्यलयले किन लियो चर्को शुल्क ?

पनौती क्षेत्रमा भालेश्वर मावि जस्तै अरु विद्यालय भएमा पनौतीको शैक्षिक गुणस्तर बढ्छ
नौलो समाचार संवाददाता
२०७९ जेष्ठ २७, शुक्रबार मा प्रकाशित २३८२ पटक पढिएको
विद्यार्थी ८ सय, दरबन्दी २१, पनौतीकै नमुना विद्यलयले किन लियो चर्को शुल्क ?

जेठ २७, काभ्रे। पनौती नगरपालिका–८ मल्पिमा रहेको भालेश्वर मावि जिल्लाकै उत्कृष्ठ विद्यायल मध्येको एक हो। शिशु कक्षा देखि १२ कक्षासम्म पढाई हुने यस विद्यालयलाई सार्वजनीक सामुदायीक विद्यालयको नमुनाको रुपमा पनि लिइन्छ। अन्य विद्यालयहरुमा विद्यार्थी संख्या नपुगेर हैरान भैरहेको बेला यो विद्यालयमा विद्यार्थीको चाप यति बढेको छ की गत वर्ष २ सय २५ जना भर्ना हुन आएका विद्यार्थी फर्काइयो। यो वर्ष पनि भर्ना हुन आउने विद्यार्थीको चाप उत्तिकै छ।

विद्यार्थी संख्या बढेसंगै भर्नाको समयमा आर्थिक सहयोगको नाममा प्रति विद्यार्थी ७ हजार रुपैयासम्म चन्दा लिएपछि अहिले आम गुनासो बढेको छ। सरकारी विद्यालयले गैरकानुनी रुपमा पैसा असुल गरेको आरोप लागेपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र केसी भन्नुहुन्छ– दरबन्दी अपुग भएको कारण विद्यालयले नीजि स्रोतबाट दर्जनौ शिक्षक राख्नु परेको छ। निजी स्रोतबाट तलब खुवाउने गरि राखिएका शिक्षकको खर्च उठाउन अभिभावकहरुको निर्णय बमोजिम नै हामीले सहयोग स्वरुप २ हजार देखि ७ हजार रुपैयासम्म लिएका हौं।

अध्यक्ष केसीका अनुसार यो शैक्षिक शत्रमा भर्ना गर्दा प्ले ग्रुप, नर्सरी र केजी सम्मले प्रति विद्यार्थी २ हजार रुपैया सहयोग गर्नुपर्छ। एक देखी तीन कक्षा सम्मले २ हजार ५ सय सहयोग गर्नु पर्छ भने ४ र ५ कक्षामा भर्ना हुने विद्यार्थिले ३ हजार रुपैया सहयोग गर्नुपर्छ । यसैगरि ६ र ७ कक्षाका विद्यार्थीसंग ४ हजार रुपैया लिइएको छ भने ८ कक्षाका विद्यार्थीसंग ५ हजार रुपैया लिइएको छ। नेपाली माध्यमबाट अध्ययन गर्ने ९ र १० कक्षाका विद्यार्थीसंग क्रमशः ४ हजार र ४ हजार ५ सय रुपैया सहयोग लिइएको छ भने अग्रेजी माध्यमबाट अध्ययन गर्ने विद्यार्थीबाट क्रमश ६ हजार र ७ हजार रुपैया लिइएको छ।

सरकारी विद्यालयमा यसरी सहयोग रकम किन लिन प¥यो भन्ने बारेमा थप प्रष्ट्याउदै अध्यक्ष केसी भन्नुहुन्छ– विगत चारवर्ष देखि यहा विद्यार्थीको चाप यति धेरै बढेको छ की सरकारी दरवन्दीले धान्न सक्दैन । यो विद्यालयमा जम्म २१ जनाको दरवन्दी रहेको छ । निजि स्रोत बाट तलब खुवाउने गरि थप १० जना राखिएको छ । सरकारी तलबस्केल भन्दा निकै कम दिदा पनि वार्षिक २० लाखको व्ययभार थपिएको छ । विद्यार्थीलाई ल्याउने लैजाने दुईवटा स्कुल बस छ, जसको व्ययभार वार्षिक १० लाख थपिएको छ । अब नया भवनमा सरेपछि थप ७ जना कर्मचारी राख्नु पर्छ । विद्यालयलाई सरकारी स्रोतबाट आउने बाहेक वार्षिक करिब ५० लाखको व्ययभार विद्यालयको आन्तरिक स्रोतबाट मिलान गर्नुपर्ने भन्दै अध्यक्ष केसी नगरपालिका कार्यालयले पनि सहयोग गर्नुपर्ने बताउनुहुन्छ ।

भालेश्वर माविको पुरानो भवन भन्दा पाँचसय मिटर भित्र एडिबीको सहयोगमा ३६ कोठा रहेको ३ वटा भवन बनाइएको छ । नमुना विद्यालय विकास कार्यक्रम अन्तर्गत एउटा प्रशासनिक भवन बनेको छ । यहि कार्यक्रम अन्तर्गत सुविधा सम्पन्न चमेनागृह पनि निर्मााण हुदैछ । एक हजार विद्यार्थी क्षमताको भौतिक संरचना बनेपनि दरबन्दी मिलान हुन नसकेको कारण विद्यालयमा आर्थिक संकट पर्ने गरेको अध्यक्ष केसी बताउनु हुन्छ । बोर्डिङ स्कुलको भन्दा पनि गुणस्तरीय शिक्षा प्राप्त हुने भएकोले पनौतीको सबै क्षेत्रबाट विद्यार्थीहरु आउने गरेकोले विद्यार्थीको चाप बढेको उहाको भनाई छ। करिब २० लाख व्ययभार थपिएको बेला नयाँ भवनमा सरेपछि थपहुने कर्मचारीको लागि थप २०/२५ लाख व्ययभार आन्तरीक स्रोतबाट कसरी मिलान गर्ने भन्ने संचालक समितिको अहिलेको मुख्य टाउको दुखाईको विषय बनेको अध्यक्ष केसी बताउनुहुन्छ।

शिशु कक्षा देखि कक्षा ६ सम्म नौवटा कक्षा हुन्छ । कक्षा ७ र ८ मा दुई/दुई सेक्सन छ । ९ र १० कक्षामा तीन/तीन सेक्सन छ । यसरी कुल १९ सेक्सनको लागि दरवन्दी भने जम्म २१ जना मात्र रहेको भन्दै नगरपालिकाले केहि दरवनदी थप गरिदिने र केहि आर्थिक सयोग गर्ने हो भने अझ गुणस्तरीय शिक्षा दिन सकिने व्यवस्थापन समितिका अध्यक्ष केसी बताउनुहुन्छ। उहा भन्नुहुन्छ– पनौती नगरपालिकाले दरबन्दी र केहि वजेटको व्यवस्थापन गरेर भालेश्वरको जस्तै नमुना विद्यालय खोपासी क्षेत्र, सुन्थान क्षेत्र र कुशादेवी क्षेत्रमा एक/एक वटा र पनौतीको सेन्टरको हिसाबमा इन्द्रेश्वर मावि गरि पाँचवटा विद्यालयलाई राम्रो बनाए पनौतीको शैक्षिक गुणस्तर बढ्छ ।

प्रतिक्रिया दिनुहोस