जिल्ला समन्वय समिति काभ्रेको अध्यक्षमा दीपक गौतम विजयी

नौलो समाचार संवाददाता
२०७९ अषाढ १, बुधबार मा प्रकाशित ५७५ पटक पढिएको

जिल्ला समन्वय समिति काभ्रेको अध्यक्षमा दीपक गौतम विजयी

असार १, काभ्रे। जिल्ला समन्वय समिति काभ्रेको अध्यक्षमा दीपक गौतम विजयी हुनुभएको छ।

आज समपन्न भएको समितिको निर्वाचनमा गठबन्धनका नेकपा एकीकृत समाजवादीका उम्मेदवार गौतम विजयी हुनुभएको हो।

गौतमले एमालेका उम्मेदवार कमला भट्टराईलाई १८ मतले पराजित गर्नुभएको हो। गौतमले २२ मत प्राप्त गर्दा भट्टराईले भने ४ मत मात्र पाउनुभयो।

उपप्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार रिमबहादुर तामाङ निर्वाचित हुनुभएको छ। तामाङले नेकपा एमालेका उम्मेदवार राजेन्द्र केसीलाई पराजित गर्नुभएको हो।

समितिको सदस्यहरूमा गठबन्धनको तर्फबाट उठेका अप्सरा सिप्खान(ढुंगाना) चण्डिका मिजार, नीरबहादुर लामा, मंगलबहादुर तामाङ, कृष्णकुमारी राई, रस्मिता भण्डारी विजयी हुनुभयो।

आजै निर्वाचित सबैले शपथ र पदभार गर्नुभएको छ।


प्रतिक्रिया दिनुहोस