रोशी गाउँपालिकाले गम्भिर प्रकृतिका बिरामीलाई मासिक ५ हजार दिने

नौलो समाचार संवाददाता
२०७९ अषाढ ४, शनिबार मा प्रकाशित ६९८ पटक पढिएको

रोशी गाउँपालिकाले गम्भिर प्रकृतिका बिरामीलाई मासिक ५ हजार दिने

असार ४, काभ्रे। काभ्रेको रोशी गाउँपालिकाले गम्भिर प्रकृतिकका बिरामीलाई मासिक ५ हजार दिने भएको छ।

रोशी गाउँपालिका भित्र बसोबास गर्ने गम्भिर प्रकृतिका बिरामीहरुलाई उपचार खर्चबापत मासिक ५ हजार रुपैयाका दरले रकम बितरण गर्ने तयारी भैरहेको गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिनुभयो।

नेपाल सरकारको निर्णय अनुसार गाउँपालिका भित्र बसोबास गर्ने मृगौला प्रत्यारोपण गराएका, डायलाईसिस गराईरहेका, क्यान्सर रोगी र पक्षघातका बिरामीहरुलाई औषधि उपचार खर्च बापत मासिक ५ हजारका दरले रकम बितरण गरिने अध्यक्ष लामाले जानकारी दिनुभयो।

औषधि उपचार खर्च प्राप्त गर्नका लागि अस्पतालले प्रमाणित गरेको रोग खुल्ने कागजात (अनुसूचि १ अनुसार) , औषधि उपचार खर्च पाउँ भन्ने निबेदन (अनुसूचि २ अनुसार), गम्भिर प्रकृतिका रोगबाट ग्रसित बिरामीको नागरिकताको प्रतिलिपि (नाबालकको हकमा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि) र पासपोर्ट साईजको फोटो २ प्रति सहित गाउँपालिका कार्यालयमा सम्पर्क गर्न गाउँपालिका अध्यक्ष लामाले आग्रह गर्नुभएको छ।


प्रतिक्रिया दिनुहोस