काभ्रेका स्थानीय तह आगामी आर्थिक वर्षको बजेट र योजना बनाउन ब्यस्त

नौलो समाचार संवाददाता
२०७९ अषाढ ७, मंगलबार मा प्रकाशित ९३८ पटक पढिएको
काभ्रेका स्थानीय तह आगामी आर्थिक वर्षको बजेट र योजना बनाउन ब्यस्त

असार ७, काभ्रे। काभ्रेका स्थानीय तहहरु आगामी आर्थिक वर्ष २०७९/८० को लागि योजना र बजेट निर्माणमा व्यस्त रहेका छन्।

स्थानीय जनप्रतिनिधि निर्वाचित भएपछि असार १० गतेसम्म आगामी आर्थिक वर्षका लागि बजेट ल्याउनु पर्ने संवैधानिक ब्यवस्था अनुसार नगरपालिका तथा गाँउपालिकाहरुले नीति, कार्यक्रम तथा बजेट बनाउन राय सुझाव संकलन गर्न भ्याई-नभ्याई छ।

काभ्रेका १३ वटै पालिकाहरु मध्ये प्रायः जसो स्थानीय तहका वडाले वस्ती स्तरका योजना तर्जुमा गरिसकेका छन्। बाँकी केहि भने योजना र बजेट निर्माणमा ब्यस्त रहेका छन्।

प्राथमिकताको आधारमा वस्ती स्तरबाट आएका योजना वडा हुँदै पालिका, प्रदेश र संघ सरकारसम्म पुग्ने छ ।

आ-आफ्नो पालिकाको वडा कार्यालयमा पुगेर आफ्नो गााउँको योजना वडाध्यक्ष तथा नगरपालिकाका प्रमुख-उपप्रमुख, गाउँपालिका अध्यक्ष-उपाध्यक्ष, कार्यपालिका सदस्य मार्फत पनि आफ्नो योजना पेश गर्न सकिने छ। पालिकाहरुले आवश्यकताको आधारमा त्यस्ता योजनाहरुका लागि बजेट विनियोजन पालिकाले गर्ने जनप्रतिनिधिहरुले बताएका छन्।

प्रतिक्रिया दिनुहोस