बागमती प्रदेश सरकारले रासायनिक मल उद्योग खोल्न केयुसंग प्रक्रिया अगाडी बढायो

नौलो समाचार संवाददाता
२०७९ अषाढ ८, बुधबार मा प्रकाशित ९७६ पटक पढिएको
बागमती प्रदेश सरकारले रासायनिक मल उद्योग खोल्न केयुसंग प्रक्रिया अगाडी बढायो

असार ८, काभ्रे। बागमती प्रदेश सरकारले रासायनिक मल उद्योग खोल्ने प्रक्रिया अगाडि बढाएको छ।

आज बागमती प्रदेश सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयबीच रसायनिक मल कारखानाको बिस्तृत आयोजना प्रतिवेदन (डिपीआर) का लागि सम्झदारीपत्रमा हस्ताक्षर भएसंगे बागमती प्रदेशमै रासायनिक मल उद्योग खोल्ने प्रक्रिया अगाडि बढेको हो।

हेटौँडामा आयोजित कार्यक्रममा बागमती प्रदेश सरकारका कृषि तथा पशुपंक्षी मन्त्री बसुन्धरा हुमागाई र केयुका उपकुलपति प्राध्यापक डाक्टर भोला थापासहितको प्रतिनिधिबीच मल कारखानाको डिपीआर तयार गर्न सम्झदारी भएको छ। केयुले मल कारखानाको क्षमता, लागत, प्रविधि, कारखाना राख्ने ठाउँ सहितको अध्ययन गर्नेछ।

डिपीआर गर्न मन्त्रालयले केयुलाई २० लाख रूपैयाँ यो आर्थिक वर्षमा प्रदान गर्नेछ। साथै मन्त्रालयले थप ३० लाख रूपैयाँ प्रदान गर्नेछ।

प्रतिक्रिया दिनुहोस