काभ्रेका ४४ हजार ६५६ जना बालबालिकालाई खोप लगाईदै, कुन पालिकामा कति बालबालिका?

नौलो समाचार संवाददाता
२०७९ अषाढ ८, बुधबार मा प्रकाशित ७५२ पटक पढिएको
काभ्रेका ४४ हजार ६५६ जना बालबालिकालाई खोप लगाईदै, कुन पालिकामा कति बालबालिका?

असार ८, काभ्रे। काभ्रेसहित २७ जिल्लामा असार ९ गतेदेखि ५ देखि १२ वर्ष उमेर समुहका बालबालिकालाई कोभिड विरुद्धको ‘फाइजर’ खोप लगाईदै छ।

देशभर सुरु भएको खोप कार्यक्रम अन्तर्गत पहिलो चरणमा काभ्रेसहित २७ जिल्लामा खोप कार्यक्रम संचालन गरिएको हो। असार ९ गतेदेखि १५ गतेसम्म पहिलो मात्रा र त्यही समूहलाई दोस्रो मात्रा साउन २ देखि ८ गतेसम्म सञ्चालन हुनेछ।

काभ्रेका ४४ हजार ६५६ जना बालबालिकालाई खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालयका काभ्रेका प्रमुख पुरुषोत्तम शेडाइले बताउनुभयो। आज स्वास्थ्य कार्यालयमा आयोजित कार्यक्रममा काभ्रेका १३ वटै पालिकाका ५ देखि १२ वर्ष उमेर समुहका ४ हजार ६५६ जना बालबालिकालाई खोप लगाउन सम्पूर्ण तयारी पुरा भएको उहाँले जानकारी दिनुभयो।

खोप लगाउनु पर्ने उक्त उमेर समुहका सबै भन्दा धेरै बालबालिका बनेपा क्षेत्रका रहेका छन्। बनेपामा ५ हजार ७०८ जना बालबालिकालाई कोभिड विरुद्धको ‘फाइजर’ खोप लगाईदै छ।

यस्तै, दोश्रोमा पनौती नगर क्षेत्रका ४ हजार ८२४ जना बालबालिकालाई खोप लगाउने कार्यक्रमा रहेको छ। पाँचखालमा ४ हजार २२२ जना, रोशी गाउँपालिकामा ४ हजार ४३, महाभारत गाउँपालिकामा ४ हजार २८, मण्डनदेउपुर नगरपालिकामा ३ हजार ६६५, नमोबुद्ध नगरपालिकामा ३ हजार ५४८, धुलिखेलमा ३ हजार १६५, खानीखोला गाउँपालिकामा ३ हजार ३६, चौरीदेउराली गाउँपालिकामा २ हजार ३८८ जना, भुम्लु गाउँपालिकामा २ हजार २५४, बेथानचोक गाउँपालिकामा २ हजार १७७ र तेमाल गाउँपालिकामा १ हजार ५९८ जना बालबालिकालाई खोप लगाउने कार्यक्रमा रहेको छ।

यस्तै दोस्रो चरणमा ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र त्यही समूहलाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म सञ्चालन गरिने छ।

अनुसन्धान अनुसार खोप सुरक्षित रहेकाले सबै अभिभावकलाई आफ्ना बालबालिकालाई खोप लगाउनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस