बेथानचोकद्वारा कोभिडबाट मृत्य भएकाको परिवारलाई आर्थिक सहयोग, एम.बि.बि.एस अध्ययनरत विजयलाई १ लाख छात्रवृत्ति 

नौलो समाचार संवाददाता
२०७९ अषाढ ९, बिहिबार मा प्रकाशित ५८२ पटक पढिएको

बेथानचोकद्वारा कोभिडबाट मृत्य भएकाको परिवारलाई आर्थिक सहयोग, एम.बि.बि.एस अध्ययनरत विजयलाई १ लाख छात्रवृत्ति 

असार ९, काभ्रे। बेथानचोक गाउँपालिकाले कोभिड-१९ (कोरोना भईरस)बाट मृत्य भएकाको परिवारलाई आर्थिक राहत वितरण गरेको छ।

आज गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रममा कोभिडबाट मृत्य भएका १५ जनाका परिवारलाई राहत रकम प्रदान गरिएको हो।

गाउँपालिका अध्यक्ष भगवान अधिकारीले मृतका प्रति परिवारलाई जनही ५० हजार रुपैंयाको चेक प्रदान गर्नुभएको हो। कोभिड राहत स्वरूप १४ लाख ५० हजार वितरण गरिएको हो।

कार्यक्रममा बोल्दै बेथानचोक गाँउपालिका अध्यक्ष भगवान अधिकारीले आफु निर्वाचित भएसंगै घोषणा गरिएका कार्यहरु क्रमश: थालनी गर्दै गईरहेको बताउनुभयो। उहांले प्रत्येक वर्ष बेथानचोकका विभिन्न सडकहरू पाँच किलोमिटरका दरले कालोपत्रे गर्ने, ६० वर्ष माथिका जेष्ठ नागरिकको होल बडी परिक्षण गर्ने, विद्यार्थी छात्रवृत्ति लगायतका कार्यक्रमहरु मुख्य रुपमा रहेको बताउनुभयो।

उहाँले विकास निर्माणका कार्यलाई दीर्घकालीन रुपमा लैजाने बताउदै वडास्तरदेखि पालिकासम्मका विभिन्न दलका प्रतिनिधि, विज्ञहरुको सहभागितामा खानेपानी, स्वास्थ्य, शिक्षा, सडक, पर्यटन, कृषि पशुपालनमा दीर्घकालीन योजनाका कामहरु अघि बढाउने पालिकाको नीति रहेको बताउनुभयो।

 एम.बि.बि.एस अध्ययनरत विजयलाई छात्रवृत्ति प्रदान 

यसैविच, सोहि अवसरमा बेथानचोक गाउँपालिका-२ का विजय घलानलाई रु. १ लाख रुपैंया छात्रवृत्ति प्रदान गरिएको छ। पंजाव मेडिकल कलेज पाकिस्तानमा एम.बि.बि.एस. दोश्रो वर्षमा अध्ययनरत घलानलाई गाउँपालिकाको कार्य योजना अन्तर्गत अध्यक्ष भगवान अधिकरीले उक्त रकम प्रदान गर्नुभएको हो।

अध्ययन पुरा भएपछी पुन: १ लाख रुपैंया छात्रवृत्ति सहयोग प्रदान गरिने बेथानचोक गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का अध्यक्ष मधुसुधन तिमल्सिनाले जानकारी दिनुभयो।

कार्यक्रममा पालिका उपाध्यक्ष तारा राना तिमल्सिना, भूतपूर्व पालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले एम.बि.बि.एस. दोश्रो वर्षमा अध्ययनरत विजय घलानलाई थप अध्ययनका लागि पालिकाले सहयोग गर्न पाउदा खुसि ब्यक्त गर्दै थप अध्ययन सफलताको शुभकामना व्यक्त गर्नुभयो।

साथै, कोभिडबाट निधन भएका गाउँपालिकाबासी प्रति श्रद्धाञ्जली ब्यक्त गर्दै परिवारलाई केहि सहयोग प्रदान गर्न पाउदा पालिकालाई राहत महसुस भएको उल्लेख गर्नुभयो।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्थानीयलगायतको उपस्थिति रहेको थियो। कार्यक्रम संचालन पालिकाका योजना शाखाका प्रमुख विश्वनाथ दाहालले कार्यक्रम संचालन गर्नुभएको थियो।


प्रतिक्रिया दिनुहोस