पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध युवा संघको मसाल जुलुस (तस्बिरहरु)

नौलो समाचार संवाददाता
२०७९ अषाढ ९, बिहिबार मा प्रकाशित ४२८ पटक पढिएको
पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध युवा संघको मसाल जुलुस (तस्बिरहरु)

असार ९, काठमाडौँ। पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध युवा संघ नेपालले मसाल जुलुस निकालेको छ।

युवा संघले बिहीबार साँझ राजधानीको नयाँ बानेश्वरमा मसाल जुलुस निकालेको हो। जुलुसमा सहभागीहरुले पेट्रोलियम पदार्थको मूल्य फिर्ता लिन माग गरेका छन्।

अहिले पेट्रोल प्रतिलिटर १९९ तथा डिजेल र मट्टितेल प्रतिलिटर १९२ रुपैयाँ कायम भएको छ। खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर १८ सय रुपैयाँ पुगेको छ।

पछिल्लो समय लगातार पेट्रोलियम पदार्थको मूल्य बढेपछि सरकारको चौतर्फी विरोध भइरहेको छ। सरकारले भने रुस–युक्रेन युद्धको प्रभावका कारण मूल्य बढेको बताएको छ। तर सरकारले कर घटाएर मूल्य समायोजन गर्नुपर्ने आवाज उठिरहेको छ।

 


प्रतिक्रिया दिनुहोस