चारुशिला प्रतिभा पुरस्कार काभ्रेली साहित्यकार लाकोजूलाई

नौलो समाचार संवाददाता
२०७९ अषाढ १०, शुक्रबार मा प्रकाशित ३८१ पटक पढिएको
चारुशिला प्रतिभा पुरस्कार काभ्रेली साहित्यकार लाकोजूलाई

असार १०, काठमाडौं। लामो समयदेखि काभ्रेलाई अफ्नो कर्म थलो बनाएर नेपाली भाषा र साहित्यको सेवा गरे बापत चारुशिला वाङ्मय प्रतिष्ठानले २०७७ को चारुशिला प्रतिभा पुरस्कार साहित्यकार सूर्यप्रसाद लाकोजूलाई प्रदान गरेको छ।

नगद ३० हजार र प्रमाणपत्र सहित गरिने प्रदान गरिने सो पुरस्कार २०७६ सालदेखि दिन थालिएको हो। २०७६ का लागि सो पुरस्कार रंजना निरौलालाई प्रदान गरिएको थियो।

कार्यक्रममा चारुशिला पुरस्कार २०७६ बाट साहित्यकार प्रा शिबगोपाल रिसाल, रमा शर्मा पुरस्कृत हुनुभएको थियो। त्यस्तै चारुशिला पुरस्कार २०७७ बाट मुकुन्दशरण उपाध्याय र गीता केशरीलाई नगद रु पचास हजारसहित पुरस्कृत गरिएको थियो।

चारुशिला मिश्रबाट स्थापित सो पुरस्कार हरेक वर्ष प्रदान गर्दै आएको भएतापनि कोभिडका कारण यो वर्ष २०७६ र २०७७ सालको पुरस्कार वितरण गरिएको हो।

कार्यक्रम प्रतिष्ठानका अध्यक्ष साहित्यकार शैलेन्दुप्रकाश नेपालको सभपतित्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस