पनौतीको बारेमा पर्यटकलाई सुचना दिन बसपार्कमा ‘पर्यटन सुचना केन्द्र’ आवश्यक

(हेर्नुस पर्यटन सम्बन्धी पनौती नगरको नीति)
नौलो समाचार संवाददाता
२०७९ अषाढ १३, सोमबार मा प्रकाशित १२५५ पटक पढिएको
पनौतीको बारेमा पर्यटकलाई सुचना दिन बसपार्कमा ‘पर्यटन सुचना केन्द्र’ आवश्यक

असार १३, काभ्रे। काभ्रे जिल्लाको ऐतिहासिक र धार्मिक नगर पनौतीमा आउने पर्यकटहरुलाई नगरको सम्पुर्ण वडा र क्षेत्रको बारेमा जानकारी दिन बसपार्कमा पर्यटन सुचना केन्द्र राख्नुपर्ने आवश्यक्ता रहेको औल्याइएको छ।

नेपालमै पहिलो पटक महिलाहरुद्धारा सञ्चालित होमस्टे ‘पनौती सामुदायीक होमस्टे’ का प्रतिनिधिले पनौती बसपार्क आइपुग्ने वित्तिकै सबैभन्दा पहिले नगरमा रहेको १२ वटै वडाको बारेमा जानकारी दिने एउटा काउण्टर हुनुपर्ने बताएका छन्।

नेपालमै पहिलो पटक महिलाहरुद्धारा सञ्चालित होमस्टे ‘पनौती सामुदायीक होमस्टे’ का अध्यक्ष शिला अमात्यले पनौती नगरमा बढी भन्दा बढी पर्यटक भित्राउन आफ्नो संस्थाको तर्फबाट नगर प्रमुख रामशरण भण्डारीलाई सुझाव दिएको बताउदै भन्नुभयो– स्वदेशी हुन वा विदेशी पाहुना पनौती बसपार्क आइपुग्ने वित्तिकै सबैभन्दा पहिले नगरमा रहेको १२ वटै वडाको बारेमा जानकारी दिने एउटा काउण्टर हुनुपर्छ।

बसपार्कमा ‘टुरिष्ट ईन्फरमेसन सेन्टर’ को व्यवस्था गर्न सकिए पनौती आउने पर्यटकलाई घुम्न र हेर्न कुन वडामा के छ भनेर जानकारी दिन पाइने र नगरमा आएका पर्यटकहरुलाई पनि थप योजना बनाउन सहज हुने भन्दै अध्यक्ष अमात्यले पर्यटक बढाउन नगरले प्रचारप्रसारलाई पनि बढवा दिनुपर्ने आवश्यकता औल्याउनुभयो।

पनौती सामुदायीक होमस्टेले अहिले २० घरमा विदेशी पर्यटकको लागि सेवा उपलब्ध गराउने व्यवस्था गरेको छ। यो २० घरमा ४० वटा कोठा रहेको छ भने ८० जना क्षमताको छ।

पनौती नगरले आफ्नो नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रलाई पनि प्राथमिकता दिएको बताउदै नगरप्रमुख रामशरण भण्डारीले ऐतिहासिक, धार्मिक, सांस्कृति, पुरातात्विक मठमन्दिर, पाटी, ढुङ्गेधारा जस्ता स्थलहरुको संरक्षण संवद्र्धन र प्रवद्र्धन गरि धार्मिक तथा मनोराम पर्यटकीय नगरका रुपमा विकसित गरी आन्तरिक र बाह्य पर्यटनलाई बढवा दिइने बताउनुभयो।

पनौती सामुदायीक होमस्टे सञ्चालकहरुले पनौतीमा आन्तरीक तथा बाह्य पर्यटकको वृद्धि गर्न धुलिखेल–पनौती हाइकिङ्ग रुट खोल्न पर्ने, विभिन्न स्थानमा सेल्फि पार्क निर्माण गर्नु पर्ने, बजार भित्र रोज गल्ली निर्माण गर्नुपर्ने लगाएतका सुझावहरु दिएका छन्।

बनेपाबाट आउने पुण्यमाता खोलाको सरसफाइमा पनि ध्यान दिनु पर्ने भन्दै पर्यटक व्यवसायीहरुले अहिले पनौती घुम्न आएका विदेशी पाहुनाहरुलाई पनौतीको मठमन्दिर लगाएत पुरै पनौती घुमेको एकसय रुपैयाभन्दा बढी लिन नहुने बताएका छन्। साथै पनौती नगरपालिकाको आधिकारीक फेसबुक पेजमा समेत पर्यटन र पर्यटक सम्वन्धि जानकारीमुलक सामाग्रीहरु नियमित राख्नु पर्ने उनीहरुको धारणा छ।

यस्तो छ पर्यटन सम्बन्धी पनौती नगरको नीति
एतिहासिक पनौती बजार, इन्द्रेश्वर मन्दिर तथा घाट क्षेत्रलाई सौन्दर्यकरण गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्ने कार्यक्रमका लागि सबै धार्मिक तथा पर्यटकिय क्षेत्रको सहज भ्रमण गर्न आबश्यक पूर्वधार तथा सुबिधाहरु उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाईनेछ।

आन्तरिक पर्यटनको प्रर्वद्धन गर्न आवश्यक कार्ययोजना बनाई लाकुरी भञ्ज्याङ्ग–पनौती–बल्थली साईकिङ्ग मार्गको प्रचार प्रसार समेत गर्ने व्यवस्था मिलाईनेछ।

आन्तरिक एवं बाह्य पर्यटनको प्रर्वद्धनार्थ पनौती ११ स्थित लड्कु खोलाको बिभिन्न स्थानमा साना ठूला बाधहरु निर्माण गरि सफा पानीमा पौडी खेल्ने व्यवस्था मिलाईनेछ।

पर्यटकलाई आवश्यक सूचना प्रवाहमा थप सहजताका लागि पर्यटन सूचना केन्द्रको व्यवस्था गरिनेछ।

पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउन पर्यटन मैत्री शौलयय (स्मार्ट शौचालय)को व्यवस्था गरिनेछ।

पर्यटन विकास सम्बन्धी गुरुयोजना तर्जूमा गरिनेछ। पर्यटन गन्तब्यको प्रकाशन, प्रशारणको र Tourist Site को प्रबन्ध गरिनेछ।

पर्यटकको बसाई लम्ब्याउन विभिन्न हाईकिङ्ग रुटको पहिचान र विकास गरिनेछ। पर्यापर्यटनमा जोड दिईनेछ।

हाईकिङ्ग ट्रेलको विकास विस्तार र प्रचार गरिनेछ। साहसिक खेलजन्य गतिविधिको प्रवद्र्धन गरिनेछ। प्याराग्लाईडिङ्ग, रक क्लाईम्बिङ्ग, साईक्लिङ्ग जस्ता इभेन्ट हरु संचालन गरिनेछ। होमस्टे प्रवद्र्धन नियमन गर्ने व्यवस्थालाई थप प्रभावकारी बनाईनेछ । पर्यटकस्तरका होटल व्यवसायीहरु बीच समन्वय कायम गरिनेछ। Soviniour Center को विकास गरिनेछ।

स्थानीय मौलिक संस्कृतिलाई जर्गेना गर्दै त्यस्ता साँस्कृतिक सम्पदा र गतिविधिलाई पर्यटनसँग जोडि आवश्यक कार्य गर्ने व्यवस्था मिलाईनेछ। धार्मिक पर्यटन प्रवद्र्धनका लागि आवश्यक कार्य गरिनेछ। व्यवस्थित पिकनिक स्थलहरु निर्माण गरी पर्यटक आकर्षण गरिनेछ।

प्रतिक्रिया दिनुहोस