पनौतीको नीति ठिक की बेठीक ? नेपाल राष्ट्रबैकका पुर्व निर्देशक केशव थापाको धारणा

नौलो समाचार संवाददाता
२०७९ अषाढ १४, मंगलबार मा प्रकाशित ९८५ पटक पढिएको
पनौतीको नीति ठिक की बेठीक ? नेपाल राष्ट्रबैकका पुर्व निर्देशक केशव थापाको धारणा

असार १४, काभ्रे। नेपाल राष्ट्रबैकका पुर्व निर्देशक समेत रहेका पनौतीका वौद्धिक व्यत्तित्व केशव थापाले हालै स्थानीय तहहरुले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको औचित्यता त्यसको कार्यान्वयनमा भर पर्ने बताउनु भएको छ।

पनौती नगरपालिकाको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै थापाले कार्यान्वयनका लागि वजेट विनियोजन र त्यसको सदुपयोगितामा निर्भर रहने पनि बताउनु भएको छ। पनौती भ्रमणका क्रममा नौलोसमाचार डटकमसंग कुरा गर्दै उहाँले पनौती नगरले आफ्नो नीति तथा कार्यक्रममा बसपार्कको व्यवस्थापन, खानीजन्य उद्योगको उचित व्यवस्थापन, कृषिको आधुनिकिकरण र उत्पादकत्व वृद्धि, सफा पिउने पानीको व्यवस्था लगाएतका विषयमा विशेष ध्यान दिएको बताउनु भएको छ।

पनौती नगरको नीति तथा कार्यक्रममा सार्वजनीक नीजि र सहकारीको सहकार्यबाट आय आर्जन र रोजगारीमा प्रवद्र्धन, नगरले प्रदान गर्ने सेवामा पारदर्शीता, पुण्यमाता र रोशी खोलाको किनारमा करिडोर निर्माण, नदिनालाको सरसफाई, पर्यटन क्षेत्रको विकास, विपत व्यवस्थापन, स्वास्थ्य, शिक्षा जस्ता विषयले नीति तथा कार्यक्रममा बढी महत्व पाएको उहाँको भनाई छ।

नगर प्रमुख रामशरण भण्डारीले ६० वुदाँलाई प्राथमिकता दिएर प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रममा पनौतीलाई शैक्षिक हबको रुपमा विकशित गर्ने विषयलाई महत्व दिएको पुर्व निर्देशक थापाले बताउनु भएको छ। इन्द्रेश्वर क्याम्पस सञ्चालक समितिका सदस्य तथा सिद्धार्थ वनस्थली स्कुल पनौतीको व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका थापाले पनौतीको नीति तथा कार्यक्रममा ५ वर्षमा पनि गर्न नसकिने भारिले थिचिएको पनि देखिएको बताउनु भएको छ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २४को उपदफा ३ को आलोकमा प्रस्तावित नीति तथा कार्यक्रमलाई दाज्दा पनौती नगरले दीगो विकास, वातावरणीय संरक्षण तथा संवद्र्धन, स्थानीय बासिन्दाहरुको सहभागिता जुट्ने, स्वयं सेवक परिचालन गर्न सकिने तथा लागत कम लाग्ने नीति तथा योजना तर्फ यथोचित ध्यान पु¥याउन नसकेको उहाँको भनाई छ।

पनौती नगरको नीति तथा योजनामा उल्लेखित अधिकांश कार्यक्रम वार्षिक भन्दापनि बहुवर्षिय प्रकृतिका देखिएको भन्दै राष्ट्रबैकका पुर्व निर्देशक थापाले भन्नुभयो– यस्ता धेरै वर्ष लगाएर गर्न सकिने कार्यक्रमलाई स्थानीय सरकार सञ्चाल ऐन २०७४ को दफा २४ काो उपदफा ४ बमोजिम मध्यम र दिर्घकालीन प्रकृतिका आयोजनाहरु भनि सुचीकृत गर्नु पर्नेमा त्यसो गरिएको छैन। यहि ऐनको उपदफा ८ ले स्थानीय तहले नेपाल सरकार वा प्रदेश सरकार संगको सयुक्त लगानी वा सार्वजनीक निजी साझेदारीमा विभिन्न योजना सञ्चालन तथा व्यवस्थापन गर्न सक्ने व्यवस्था गरेपनि पनौती नगरको नीति कार्यक्रमले स्पष्ट रुपमा योजना किटान वा पहिचान गरेको नदेखिएको उहाको भनाई छ।

पनौती नगरमा काग्रेस एमाले दुवैले आफ्नो आफ्नो नीति तथा कार्यक्रम भनेर स्वामित्व लिनु र सौहर्दपुर्ण वातावरणमा नीति तथा कार्यक्रम आउनु उल्यख्य सफलता भएको थापाको भनाई थियो।

प्रतिक्रिया दिनुहोस