नगेन्द्र अधिकारीको अध्यक्षतामा प्रेस युनियन काभ्रेको सिंगो टिम सर्वसम्मत

नौलो समाचार संवाददाता
२०७९ अषाढ १५, बुधबार मा प्रकाशित ४९१ पटक पढिएको
नगेन्द्र अधिकारीको अध्यक्षतामा प्रेस युनियन काभ्रेको सिंगो टिम सर्वसम्मत

असार १५, काभ्रे। प्रेस युनियन काभ्रेको अध्यक्षमा नगेन्द्र अधिकारी सर्वसम्मत रुपमा चयन भएका छन्।

आज सम्पन्न प्रेस युनियन अधिबेशनमा अध्यक्ष अधिकारीसंगै १७ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो।

युनियनको उपाध्यक्षमा देबराज के.सी, महिला उपाध्यक्षमा सम्झाना हुमागाई, सचिबमा शुभराज अधिकारी, सह-सचिवमा सचित खड्का र इन्द्रबहादुर थापा (समाबेशी) र कोषाध्यक्षमा सरोज अधिकारी चयन भएका छन्।

विगत लामो समयदेखि रोकिएको रोकिएको प्रेस युनियन काभ्रेको अधिबेशन आज एक कार्यक्रमका बिच सम्पन्न भएको हो।

यस्तै, सदस्यहरुमा राजन दहाल, पुजन धिताल, पुरुषोत्तम ढकाल, रोशन पौडेल, रबि धिताल, बिपशना शाक्य, शोभा हुमागाई(महिला), ज्योति श्रेष्ठ(जनजाति), रामचन्द्र रम्तेल (दलित) र रामचन्द्र अधिकारी (अल्पसंख्यक) चयन भएका छन्।

कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस काभ्रेका सभापति तिर्थ लामा, विशिष्ट अतिथी नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष ईश्वरी ओझा, युनियनका केन्द्रिय सदस्य राजाराम कार्की, नेपाली कांग्रेस जिल्ला उप-सभापति रमेशप्रसाद हुमागाई, सचिबद्वय गुणराज मुक्तान र माधब ढकाल लगाएतका नेताहरूले नवनियुक्त पदाधिकारीहरुलाइ बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ।

कार्यक्रममा प्रेस युनियन काभ्रेका पुर्ब सचिब मधुसूदन तिमल्सिनालाई बेथानचोक गाउँपालिका वडा नं १ को वडा अध्यक्षका साथै पालिकाको प्रबक्ता हुनुभएकोमा बधाइ तथा शुभकामना साथ सम्मान गरिएको थियो।

कार्यक्रममा बोल्दै नवनियुक्त अध्यक्ष नगेन्द्र अधिकारिले अफ्नो कार्यकाल बिगतको जस्तो सुस्त ढङ्गले नहिड्ने र सबैलाइ समेटेर अगाडी बढ्ने बताएका छन्। विगतमा गल्ती कमजोरी भएको स्विकार्दै आगामी दिनमा त्यस्तो कमिकमजोरी नहुने प्रतिबद्धता पनि जनाएका छन्।

सोहि अवसरमा प्रेस युनियन काभ्रेले प्रदेश प्रतिनिधि र केन्द्रिय प्रतिनिधि पनि चयन गरेको छ। प्रदेश प्रतिनिधिमा नवराज सापकोटा, सरोज सापकोटा, राजेन्द्र तिमल्सिना, सुमन गिरि, सन्तोष तिमल्सिना, अशोक महत, कृष्ण न्यौपाने, मोहनकृष्ण तिमल्सिना, रोशन तिमल्सिना, पुरुषोत्तम ढकाल, दिलिप आचार्य, दिपक चौलागाईं, हिराकाजी लामा, दुर्गा घलान, जानुका खनाल र सनम सुवाल रहेका छन्।

यस्तै युनियनले केन्द्रिय प्रतिनिधि पनि चयन गरेको छ। जसमा भोला थापा, महेश पौडेल, नारायण सापकोटा, बद्रीराज तिमल्सिना, भिम गौतम, कपिल कोइराला, प्रदिप के सी, रघुनाथ हुमागाई, शिव दाहाल, सुर्य लाकोजु, ज्ञानमणि नेपाल, शिखर चिमोरिया, शंखर अधिकारी, इन्द्रलक्ष्मी घिमिरे र कविता शर्मा रहेका छन्।

कार्यक्रमको सभापतित्व कपिल कोइरालाले गरेका थिए भने प्रेस युनियनसंग आबद्ध रहेका ब्यक्तिहरुको कार्यक्रममा उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस