नेपाल प्रेस युनियनको केन्द्रीय अध्यक्षमा काभ्रेली पत्रकार इश्वरी ओझाद्वारा उम्मेदवारी घोषणा

नौलो समाचार संवाददाता
२०७९ अषाढ १७, शुक्रबार मा प्रकाशित ४८२ पटक पढिएको

नेपाल प्रेस युनियनको केन्द्रीय अध्यक्षमा काभ्रेली पत्रकार इश्वरी ओझाद्वारा उम्मेदवारी घोषणा

असार १७, काभ्रे। काभ्रेली पत्रकार इश्वरी ओझाले नेपाल प्रेस युनियनको केन्द्रीय अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ।

नेपाल प्रेस यूनियनको नवौ महाधिवेशनमा केन्द्रिय अध्यक्ष पदमा उम्मेदवारी दिने वरिष्ठ पत्रकार ओझाले घोषण गर्नुभएको हो।

उहाँले आफूले यही साउन ६ र ७ गते हुन गईरहेको केन्द्रीय महाधिवेशमा केन्द्रीय अध्यक्ष पदका लागि उम्मेदवारी दिने बताउनुभएको हो।

ओझा नेपाल प्रेस युनियनको वर्तमान उपाध्यक्ष समेत हुनुहुन्छ। उहाँ नेपाल पत्रकार महासंघ काभ्रे शाखाको पूर्व जिल्ला सभापति पनि रहिसक्नुभएको छ।

पत्रकारितामा लामो समयदेखि सक्रिय पत्रकार ओझा पत्रकारहरुको हकहितको पक्षमा समेत आवाज उठाउँदै आइरहनुभएको छ।

उम्मेद्वारी घोषणा पछी सबै जनाले आ-आफ्नो ठाउँबाट साथ र सहयोग गर्न उहाँले आग्रह गर्नुभएको छ।


प्रतिक्रिया दिनुहोस