रामेछाप बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो

नौलो समाचार संवाददाता
२०७९ अषाढ २१, मंगलबार मा प्रकाशित ४३२ पटक पढिएको
रामेछाप बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो

असार २१, रामेछाप। रामेछापको लुभुघाटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ। घाइतेमध्ये ४ जनाको धुलिखेल अस्पतालमा मृत्यु भएपछि मृतकको संख्या १३ पुगेको हो।

उपचारका लागि धुलिखेल अस्पताल ल्याइएका २४ मध्ये ४ जनाको उपचारको क्रममा मृत्यु भएको हो। मृत्यु हुनेमा सुनापति-५ का ३४ वर्षीय खड्कबहादुर विक र अन्य दुई जना पुरुष र एक महिला छन्। तीन जनाको पहिचान खुलेको छैन।

घाइते २० जनाको धुलिखेल अस्पताल र १ जनाको शिर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ।

रामेछापबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस आज बिहान १० बजेतिर खाँडादेवी र सुनापति गाउँपालिकाको सिमानामा दुर्घटनामा परेको थियो। दुर्घटनामा ९ जनाको घटनास्थलमा नै मृत्यु भएको छ।


प्रतिक्रिया दिनुहोस