सवारी ज्यान मुद्दामा फरार रहेका पनौतीका तामाङ चार वर्षपछि पक्राउ, करणी र विगो मुद्दामा अन्य २ जना पक्राउ

नौलो समाचार संवाददाता
२०७९ अषाढ २१, मंगलबार मा प्रकाशित ७६१ पटक पढिएको
सवारी ज्यान मुद्दामा फरार रहेका पनौतीका तामाङ चार वर्षपछि पक्राउ, करणी र विगो मुद्दामा अन्य २ जना पक्राउ

असार २१, काभ्रे। जिल्ला अदालत काभ्रेबाट कैद तथा जरीवाना ठहर भई फरार रहेका ३ जना प्रतिवादीहरु काभ्रे प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रे र मातहतका प्रहरी कार्यालयबाट खटि गएको प्रहरी अधिकृत सहितको विशेष प्रहरी टोलिले खोजतलासको क्रममा उनीहरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

अदालतको फैसला पछी सवारी ज्यान मुद्दामा फरार रहेका पनौतीका विशाल तामाङ पक्राउ परेका छन्। अदालतको फैसलापछि फरार रहेका तामाङलाई चार वर्षपछि आज पक्राउ गरिएको हो।

सवारी ज्यान मुद्दा अन्तर्गत पनौती नगरपालिका वडा नं. ११ का २५ वर्षिय तामाङ पक्राउ परेका हुन्। उनलाई जिल्ला अदालत काभ्रेले २०७५ साल जेठ १६ गते ३ दिन कैद र २ हजार रुपैयाँ जरिवाना फैसला गरेको थियो।

यस्तै, पक्राउ पर्नेमा काभ्रे जिल्ला भुम्लु गाउँपालिका वडा नं. ३ का ४६ वर्षिय दावा तामाङ रहेका छन्। उनलाई जबरजस्ती करणी मुद्दा अन्तर्गत जिल्ला अदालत काभ्रेले २०७२ साल बैशाख ८ गते २ वर्ष ६ महिना कैद फैसला गरिएको थियो।

त्यस्तै विगो मुद्दा अन्तर्गत ललितपुर जिल्ला टिकाथली-९ स्थायी घर भई बनेपा नगरपालिका वडा नं. ७ बस्ने वर्ष ४५ सन्तोषी बस्नेत रहेका छन्। उनलाई जिल्ला अदालत काभ्रेले २०७५ साल चैत्र २९ गते विगो रकम १ करोड २६ लाख बापत २ बर्ष कैद सजायँ फैसला सुनाएको थियो।

उनीहरुलाई पक्राउ गरि सजायँ झुक्तानको लागि जिल्ला कारागार धुलिखेलमा राखिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस