पनौती उद्योण वाणिज्य संघको नेतृत्वमा भोला थापा

नौलो समाचार संवाददाता
२०७९ अषाढ २५, शनिबार मा प्रकाशित ८२४ पटक पढिएको
पनौती उद्योण वाणिज्य संघको नेतृत्वमा भोला थापा

असार २५, काभ्रे। पनौती उद्योग वाणिज्य संघको अध्यक्षमा भोला थापा निर्वाचित हुनुभएको छ।

शनिवार सम्पन्न प्रथम अथिवेशनले थापाको नेतृत्वमा पुनः  नयाँ कार्यसमिति चयन गरेको हो ।

अघिवेशनले वरिष्ठ उपाध्यक्षमा सुदर्शन सुवेदीलाई निर्वाचित गरेको छ भने वाणिज्य तर्फको उपाध्यक्षमा अन्जु रञ्जित केसी र उद्योग तर्फको उपाध्यक्षमा पुनम लामा जंगमलाई निर्वाचित गरेको छ। सचिवमा महेश पौडेल निर्वाचित हुनुभएको छ।

सह-सचिवमा इ. सितु सैजु, काेषाध्यक्ष सुभाष राज बन्जारा निर्वाचित हुनुभएको छ।

पनौती उद्योग वाणिज्य संघको सदस्यहरुमा राजेशकुमार श्रेष्ठ, उत्तम फाँछि श्रेष्ठ, रविन्द्र हुमागाई, ज्ञान वहादुर लामा, विमला देवी श्रेष्ठ, पुरुषोत्तम कर्माचार्य र ममता भारती निर्वाचित हुनुभएको छ।

संघले पनौतीमा रहेका उद्योग कलकारखाना हरुलाई व्यवस्थित गर्ने, अभिलेखिकरण गर्ने, करको दायरामा ल्याउने भन्दै सचिव पौडेलले पनौती नगरपालिका संग सहकार्य गरेर उद्योगि व्यवसायीहरुलाई प्रशिक्षण समेत दिइने बताउनुभयो।

ठुलाठुला मात्र नभई साना साना व्यवसायीहरुलाई पनि एकतावद्ध गरि व्यवस्थित तरिकाले व्यवसाय गर्ने वातावरण बनाउन पनौती उद्योग वाणिज्य संघ सक्रिय हुने सचिव पौडेलले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस