बनेपाका फुटपाथमा साउनबाट व्यवसाय गर्न पूर्ण प्रतिबन्ध

नौलो समाचार संवाददाता
२०७९ अषाढ २६, आईतबार मा प्रकाशित ७४२ पटक पढिएको

बनेपाका फुटपाथमा साउनबाट व्यवसाय गर्न पूर्ण प्रतिबन्ध

असार २६, काभ्रे। बनेपा नगरपालिकाले बजार क्षेत्रका फुटपाथमा व्यवसाय गर्न पूर्ण रुपमा प्रतिबन्ध लगाउने भएको छ।

साउन १ गतेबाट बनेपा क्षेत्रभित्र अरनिको राजमार्ग र अन्य मुख्य सडकको दाँयाबाया रहेको फुटपाथ लगायतका सार्वजनिक स्थानमा व्यापार व्यवसायमा प्रतिबन्ध लगाउने नगरपालिकाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

सडकको दाँयाबाया रहेको फुटपाथ लगायतका सार्वजनिक स्थानमा अनुमति बेगर विभिन्न प्रकारका व्यापारिक सामग्री राख्ने, ठेला, रिक्सा लगायतका साधन राखी व्यापार गर्ने जस्ता कारणले सडक दाँयाबायाको स्थान अस्तव्यस्त भइरहेको नगरपालिकाको ठहर छ।

फुटपाथ लगायतको सार्वजनिक प्रयोगको स्थानमा व्यापारिक सामग्री नराख्न यस अगाडि पनि पटक पटक सूचित गर्दा समेत अटृर गर्ने गरेको पाइएकाले सार्वजनिक सूचना प्रकाशित गरिएको छ।

पैदल यात्रु हिड्न समस्या हुने तथा सहर नै कुरूप हुने गरी राखिएका व्यापारिक वस्तु तथा निमार्ण सामग्रीहरु हटाई नगर सौन्दर्यकरणको कार्यमा साथ र सहयोग प्रदान गरिदिन नगरपालिकाले अनुरोध गरेको छ।

साउन १ गतेबाट उल्लेखित बमोजिमका क्षेत्रमा व्यापार व्यवशाय गर्न नगरपालिकाले आग्रह गरेको छ।

बनेपा नगरपालिकाको सूचना:


प्रतिक्रिया दिनुहोस