आज हरिशयनी एकादशी, तुलसीको बिरुवा रोपेर मनाईँदै

नौलो समाचार संवाददाता
२०७९ अषाढ २६, आईतबार मा प्रकाशित ३१० पटक पढिएको

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा रोपेर मनाईँदै

असार २६, काभ्रे। आज असार शुक्ल एकादशी, हरिशयनी एकादशी पनि भनिन्छ। आजबाट चतुर्मास व्रत आरम्भ भएको छ।

आजदेखि चार महिना अर्थात् कार्तिक शुक्ल एकादशीसम्मको चार महिनालाई चातुर्मास भन्ने गरिन्छ। यो समयमा भगवान विष्णु शयन गर्ने समय भएकाले शुभकार्य गरिँदैन।

आज हरेक घरमा तुलसी रोप्ने काम पनि गरिन्छ। तुलसी रोपण एकादशी पनि भनिन्छ।

घरको आँगनमा रोपिएको तुलसीलाई विष्णु भगवानको अवतारका रूपमा पूजा गर्ने चलन छ। भगवान विष्णु चार महिनाका लागि जल शयनीमा रहने शास्त्रीय मान्यताअनुसार तुलसी रोपण गरेर व्रत बसेर यो पर्व मनाइन्छ। एक महिना अघि जेठ शुक्ल एकादशी (निर्जला एकादशी)का दिन छरिएको बिउ तयार भएर आजको दिन रोपण गरिन्छ।

तुलसी आयुर्वेदमा बहुउपयोगी बनस्पति पनि हो। आजको दिन सनातनीहरूले व्रत र भगवान विष्णुको पूजा आरधना गर्ने गर्दछन्। काठमाडौँको बुढानिलकण्ठ र देशभरका शिवालय र देवालयमा दर्शनार्थीहरूको भीड लाग्ने गर्दछ।

हिन्दु अनुयायीहरूले चार्तुमास भित्र पर्ने चार महिनाको एकादशीको दिन विशेष व्रत बस्ने गर्दछन्।


प्रतिक्रिया दिनुहोस