भुम्लु गाउँपालिकाको आर्थिक बर्ष २०७९/८० को बजेट सर्वसम्मत पारित

नौलो समाचार संवाददाता
२०७९ अषाढ २८, मंगलबार मा प्रकाशित ४०८ पटक पढिएको
भुम्लु गाउँपालिकाको आर्थिक बर्ष २०७९/८० को बजेट सर्वसम्मत पारित

असार २८, काभ्रे। भुम्लु गाउँपालिकाले आर्थिक बर्ष २०७९/८० को लागि बजेट सर्वसम्मत पारित गरेको छ। असार १० गते नीति तथा कार्यक्रम पारित गरेपनि बजेट पारित गरेका थिएनन्। गाउँपालिकाले कुल बजेट ८९ करोड ९७ लाख १६ हजार ८ सय १५ बजेट पारित गरेको छ।

आज (मंगलवार) पालिकाका अध्यक्ष प्रेमबहादुर भुजेलको अध्यक्षतामा एक समारोहका बीच गाउँपालिका उपाध्यक्ष जितेन्द्रमान तामाङले बजेट प्रस्ताव गरेपछि सर्वसम्मतले पारित गरेको हो। भुम्लु गाउँपालिकाले कृषिलाई विशेष प्राथमिकता दिएको छ। जसमा रैथाने बाली फाफरलाई प्रोत्साहित गर्नका लागि प्रति पाठी ३० रुपैयाँ अनुदान दिने र कोदो प्रति पाठीका लागि २५ रुपैयाँ अनुदान दिने बजेटमा रहेको छ।

त्यस्तै दुध प्रति लिटरको १ रुपैयाँ अनुदान दिने, गाउँपालिका स्तरीय कृषि अनुसन्धान तथा सिकाइ केन्द्र स्थापनाको लागि ६५ लाख रकम विनियोजित गरिएको छ। एक वडा एक कृषि उपज संकलन केन्द्र स्थापनाका लागि २४ लाख रकम विनियोजित गरिएको छ।

गाउँपालिकाले कुल बजेट ८९ करोड ९७ लाख १६ हजार ८ सय १५ ल्याएको छ। जस अन्तर्गत कृषिमा ३ करोड ४३ लाख ७० हजार, पशु सेवामा २ करोड २० लाख ७० हजार, शिक्षामा ४ करोड ७२ लाख ८७ हजार ५ सय १५, पूर्वाधार विकासमा ११ करोड ८० लाख, स्वास्थ्यमा ३ करोड ७२ लाख ८७ हजार, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चमा २१ करोड ७३ लाख ३९ हजार ३ सय, वडा कार्यालय तर्फ १४ करोड ९१ लाख ८० हजार, संघीय ससर्त चालु तर्फ २० करोड २९ लाख, संघीय शसर्त पुँजिगत १ करोड २ लाख, प्रदेश सशर्त चालुमा २ करोड ५५ लाख ९२ हजार, प्रदेश बिशेष अनुदान अन्र्तगत आयोजनामा एक करोड ५ लाख र प्रदेश समपुरक अनुदान अन्र्तगतका आयोजना २ करोड ५० लाख रहेको छ ।

आज भएको सभाले वन ऐन पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस